सेनामा भुँडि आतंक



काठमाडौं : नेपाली सेनाभित्र धेरै मोटाउने र पेट ठूलो हुने सैनिकहरु विभिन्न अवसरहरुबाट वञ्चित हुन पुगेका छन् । शरिरका उचाइ र तौलको सन्तुलन नमिलेको कारणले सैनिकहरु अवसरबाट वञ्चित हुन थालेपछि सैनिक वृत्तमा हलचल ल्याएको छ ।

सैनिकहरुबीच अहिले यो प्रसंगलाई भुँडि आतंक भन्दै चर्चा गर्ने गरेका छन् । सेना भित्र (बडि मास इन्डेक्स) अर्थात् बिएइ अनिवार्य हुनुपर्ने प्रवधान छ । यो नमिलेपछि हालै मात्र नेपाली सेनाका तीन जना अधिकृतको बढुवा रोकिएको छ ।

प्रमुख सेनानिबाट माहासेनानिमा बढुवा हुनुपर्नेमा शरिरको उचाई र शरीरको सन्तुलन नमिलेका कारण ती तीन जना अधिकृत महासेनानि हुनबाट वञ्चित भएका छन् । यसपछि भुँडी बढेका हाकिम र सैनिकहरु कसरी घटाउनु भनेर परिसान मात्र भएका छैन चिन्ति पनि हुन पुगेका छन् ।

त्यसैगरी चार जना सैनिक अधिकृतहरु शाक्ति सेनामा जान समेत रोकिएका छन् । नेपाली सेनामा सैनिक जवानदेखि उच्च अधिकारीहरु समेत मोटाउदै जानुका साथै भुँडे, अल्छि र असक्त हुन थालेपछि बीएइलाई कडाइका साथ लागू गरिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार यो नियम सैनिक जवानदेखि रथिसम्मका उच्च अधिकारी सबैमा लागू भएको छ । यो नियम कडाइका साथ लागू गरेपछि सेना भित्र खानपिन, शारीरिक व्यायम र अनुशासन कायम हुने विश्वास सैनिक प्रवक्ता पाण्डे बताउछन् ।

बीएइ अनुसार सैनिक स्वस्थ र फिट रहनका लागि उचाइमा मिटरमा गणना गरिएको हुन्छ भने शरीरको तौललाई मिटर स्वायरले भाग गर्दा १८.५ देखि २४.९ आउनुपर्छ । यो भन्दा कम आएमा पातलो र बडी आएमा मोटो भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्