नौ घण्टा नेपालमा के–के गर्छन् चिनियाँ राष्ट्रपति सीले ?



काठमाडौं : २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भएका छन् । परराष्ट्र स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङ भ्रमणका लागि आगामी १५ अक्टोबरमा नेपाल आउने भएका हुन् ।

राष्ट्रपति सीले त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ ।

यससम्बन्धि परराष्ट्र मन्त्रालय र चिनीया राजदुतावासबीच तयारीका सन्दर्भमा बाक्लै छलफलहरु भएका छन् । भित्रभित्रै आन्तरिक तयारी गरिएता पनि सुरक्षाका दृष्टिले यो विषयलाई सार्वजनिक गरिएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका चिँनिया राष्ट्रपति सि जिनपिङले करिब एक दिने बसाईका क्रममा केही मेघा परियोजनाहरुमा दुईपक्षीय हस्ताक्षर हुने र नेपाललाई दिने अनुदानको घोषणा गर्ने पनि बताइएको छ ।

राष्ट्रपति सिको भ्रमणका क्रममा हुने दुईपक्षीय एजेण्डा र सुरक्षा तयारीका सम्बन्धमा बुझ्नका निम्ति चिनिया सुरक्षा टोली नेपाल आएर फर्किसकेको छ भने चीनका परराष्ट्रमन्त्री र जनसुरक्षामन्त्री नेपाल आउँदै छन् । त्यसपछि नेपालको टोली चीन पनि जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्