वस्ती र पुलनजिकैको नदीमा गोही छाडेकामा स्थानीयवासीको विरोध



नेपालगञ्ज : जिल्ला वन डिभिजन कार्यालय बाँकेले अन्यत्रबाट गोही ल्याएर राप्ती नदीमा छाडेपछि स्थानीयवासीले विरोध जनाएका छन् । राप्ती क्षेत्रमा बस्ती नजिकै नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका हुन् ।

राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिस नुहाउने, पूजापाठ गर्ने, पशुचौपाया तर्ने भएकाले सो स्थानमा गोही छाडेपछि विरोध शुरु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताए । वन डिभिजन कार्यालयले खजुरा गाउँपालिका उढरापुरका एक स्थानीयवासीको घरबाट उद्धार गरी करीब १२ किलोको एक वर्षको गोहीलाई राप्ती नदीमा आइतबार छाडेको थियो ।

स्थानीयवासीको विरोधपछि गाउँपालिकाले समेत चासो देखाएर तत्काल वन कार्यालयसँग सम्पर्क गरी तीन दिनभित्र गोहीको खोजी गरी अन्यत्र व्यवस्थापन गर्न सोमबार पत्र लेखेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले राप्ती नदी नजिकै गाउँबस्ती रहेकाले मानिसले नुहाउने तथा आवतजावत गर्ने हुँदा उच्च जोखिम बढाएकाले त्यहाँ नछाडेर जङ्गल क्षेत्रअन्तर्गत नदीमा छाडनुपर्ने भन्दै त्यसको व्यवस्थापनका लागि पहल गरेको बताए ।

वन डिभिजन प्रमुख मोहनप्रताप श्रेष्ठले गाउँबस्ती नजिकै छाडिएकाले जोखिम बढाएको स्वीकार गर्दै सानो गोही भएकाले बग्न सक्ने सम्भावना रहेको बताए । उनले त्यहाँ छाड्न नहुने गल्ती सच्याउँदै अब त्यसलाई खोजी गर्दा पनि फेला पर्न गाह्रो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले जिम्मेवारी पदमा बसेर उटपट्याङ कुरा गर्ने

काठमाडौंः सरिता गिरीलाई समाजवादी पार्टीले गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । लिम्यिाधुरासहितको

काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच

काठमाडौं : बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५५ जना कोरोना संक्रमित भएका छन्

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट पारित गर्ने तयारी गरेको

काठमाडौं : ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु’ भन्दै बुधबार