एक करोड कमका योजनामा डोजर प्रयोग बन्द



जाजरकोट : वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

रु एक करोडभन्दा कम बजेटका आयोजनामा यसै आर्थिक वर्षदेखि डोजर प्रयोग गर्न नपाइने गरी कार्यपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । तर प्राविधिकले डोजर प्रयोग नगर्दा आयोजना सम्पन्न गर्न नसकिने भन्दै सिफारिश गरेको खण्डमा भने प्रयोग गर्न सकिने जनाइएको छ । गाउँपालिकाले दुई वर्षको अवधिमा १२ सडक आयोजनाअन्तर्गत १४२ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ ।

अब तीन वटा सडकको मात्र ट्र्याक खोल्न बाँकी छ । ट्रयाक खोल्न बाँकी र सडकको स्तरोन्नति पनि स्थानीय युवा परिचालन गरेर गरिने अध्यक्ष बस्नेतले बताए । उनले भने, “गाँउका सडक आयोजनामा डोजरबालाको एकाधिकार देखियो, युवाहरू काम नपाएर खाडी मुलुक र भारत जान थालेपछि युवा पलायन रोक्न पनि डोजर प्रतिबन्धको निर्णय गर्न बाध्य भएका हौँ ।” अर्कोतर्फ वातावरणीय प्रभाव मूल्याङ्कनविनै जथाभावी डोजर प्रयोग गर्दा पहिराको जोखिम बढ्दै गएपछि पनि सचेतना अपनाइएको गाउँपालिकाले जनाएको छ ।

“डोजरले काम छिटो भए पनि भू–क्षयको जोखिम निकै बढाउँदोरहेछ, त्यही भएर पनि प्रतिबन्ध लगाउन बाध्य भएका हौँ”, उनले भने । डोजर प्रतिबन्धको निर्णय नगर्न डोजर मालिक रहेका केही जनप्रतिनिधिले कार्यपालिकाको बैठकमा विरोध गरेका थिए । विरोधका बाबजुद पनि निर्णय गरिएको छ । निर्णय कार्यान्वयन गरेर युवा परिचालनका माध्यमबाट गाउँमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उनले बताए ।

अध्यक्ष बस्नेतले भने, “कुशे गाउँपालिकाका नौ वटै वडामा सडकको ट्र्याक खुलिसकेको छ, अब स्तरोन्नति गर्न बाँकी छ, त्यो सबै काम स्थानीय नागरिकबाटै गराउँछाैँ ।” कुशेका तीन वडाध्यक्ष डोजर मालिक छन् । वडा नं २ का वडाध्यक्ष जनकबहादुर शाही, वडा नं ३ का वडाध्यक्ष टेकबहादुर हमाल र वडा नं ६ का वडाध्यक्ष अमरबहादुर शाहीले चुनाव जितिसकेपछि डोजर किनेका बताइएको छ । गाउँपालिकाभित्र खनिएको अधिकांश सडकमा उहाँहरूकै डोजरको प्रयोग गरिएको थियो ।

सडक खन्न डोजर प्रतिबन्ध लगाउने गाउँपालिकाको निर्णयको स्थानीयवासीले स्वागत गरेका छन् । केही वर्षयता डोजर भित्रिएपछि गाउँलेले कामै पाउन छाडेका थिए । काम नपाउँदा उनीहरू कालीपार (भारत) जान बाध्य रहेका थिए । थानीयवासी रामचन्द्र शर्माले भन्नुभयो, “यो एकदमै राम्रो र जनपक्षीय निर्णय छ ।” रु एक करोड मुनिका आयोजना स्थानीय उपभोक्तामार्फत हुने र डोजरवालाले मनोमानी काम गरेर सबैको रोजगारी खोसेकाले यस्तो निर्णय गरिएको वडा नं १ का वडाध्यक्ष गोपाल नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज

काठमाडौं : काठमाडौंको रानीपोखरीको मध्य भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनर्निमार्ण कार्य धमाधम भइरहेको छ

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौंको चन्द्रागिरि

पर्सा : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी–५ मा हुने

काठमाडौं : गत असोज ३० गते पक्राउ परी जिल्ला प्रहरी कार्यलय दाङको हिरासतमा रहेका नेत्रवित्रम

काठमाडौं : चारदिने नेपाल भ्रमण सकाएर बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज बंगलादेश फर्किदै छन्

काठमाडौं : दुग्ध विकास संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी १ सय २३ जना कर्मचारीको

काठमाडौं : नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको

काठमाडौं : चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका

काठमाडौं : आउँदो अंग्रेजी वर्षको शुरुवातसँगै नेपालले शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० को

काठमाडौं : निजामती सेवाका कर्मचारीको अवकास हुने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुराउने गरी

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार