बाढीपीडितमा इन्फोनेलेन्जाको महामारी



जनकपुरधाम : प्रदेश २ का बाढीपीडितमा इन्फोलेन्जाको प्रकोप बढेको छ । इन्फोलेन्जाबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् ।

इन्फोलेन्जा प्रभावितको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दैनिक एक हजार इन्फोलेन्जा प्रभावित उपचारका लागि अस्पताल आउने गरेको अस्पताल स्रोतले जनाएको छ ।

इन्फोलेञ्जाका बिरामीको संख्यामा वृद्धि भएसँगै जनकपुर अञ्चल अस्पताल अस्तव्यस्त बनेको छ । अस्पतालमा पर्याप्त बेड नहुँदा बिरामीहरुलाई भुइमै राखेर उपचार गराइरहनु परेको छ भने पर्याप्त चिकित्सक नहुँदा पनि उपचारमा कठिनाई भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निमित्त मे.सु तथा बालरोग विभागका प्रमुख डा. जामुन प्रसाद सिंहका अनुसार बाढीपीडितमा इन्फोलेञ्जा बढेसँगै अन्य रोगले लाग्ने संभावना बढेर गएकाले सरकार यस विषयमा गम्भिर हुनुपर्ने बताए ।

बाढीबाट प्रभावित भएका उनीहरुलाई गाँस, बाँस र कपासको समस्या भोगिरहेका छन् भने मौसम परिवर्तन कै कारण इन्फोलेञ्जाले ग्रसित बनाएको डा. सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्