विशेषज्ञ सेवासहित अस्पताल सञ्चालनको तयारी



फिक्कल : इलाममा विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल सञ्चालनको तयारी गरिएको छ । एक मात्र सरकारी जिल्ला अस्पताल रहेको इलाममा निजी क्षेत्रबाट अस्पताल सञ्चालनको तयारी गरिएको हो । युवा व्यवसायी प्रकाश चापागाईँको पहलमा सञ्चालन हुने अस्पताल विशेषज्ञ सेवासहित आइसीयुलगायत अत्यावश्यक सेवा प्रदान गर्ने बताइएको छ ।

यस विषयमा सरोकारवालासँग छलफल गरी दर्ताका लागि पहल शुरु भएको उनले बताए । चापागाईँसहित केही चिकित्सकसहितको टोलीले केही समयअघिबाट निजी क्षेत्रबाट अस्पताल सञ्चालनका लागि पहल गर्दै आएको थियो । उनले दर्ताको काम शुरु गरिएको जानकारी दिए । चापागाईँ अनुसार कूल लागतको ६० प्रतिशत चिकित्सकबाट र अन्य ४० प्रतिशत लगानी स्थानीयवासीबाट गरिने छ । ‘इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर’का नामबाट सञ्चालन गरिने उक्त अस्पताल आगामी फागुन महीनाबाट शुरु गरिने बताइएको छ ।

अस्पताल सञ्चालनका लागि जिल्ला समन्वय समितिको निर्माणाधीन भवन भाडामा लिइने बताइएको छ । प्रबन्ध सञ्चालक चापागार्इँले स्थानीयवासीलाई लगानी गर्नसमेत आग्रह गरेका छन् । जिल्ला अस्पतालमा सामान्यभन्दा सामान्य उपचारमा पनि समस्या हुँदै आएको छ । सामान्य ज्वरो आउँदा पनि झापा र भारतका विभिन्न क्षेत्रमा उपचारमा जानुपर्ने बाध्यता हट्ने भन्दै स्थानीयवासीले पनि सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नबस्ने, बसे पनि अत्याधुनिक सेवा नभएकाले जिल्लावासीलाई समस्या भएको छ । सदरमुकाममा रहेको एक मात्र सामुदायिक अस्पताल पनि बन्द भएपछि समस्या उत्पन्न भएको छ । राम्रो र गुणस्तरीय सेवा दिनसके यहाँ खुल्ने अस्पतालमा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका स्थानबाट समेत बिरामी आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल–चीनको कम्युनिष्ट बिचारका बारेमा बृहत्त छलफलको आयोजना हुँदैछ । नेकपाले अवलम्बन गरेको जनताको

धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा देखाउनुका साथै

महोत्तरी : जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको

पोखरा : सर्वाधिक महत्वका साथ हेरिएको कास्की–२ को उपनिर्वाचनको चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

वीरगञ्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं समाजवादी पार्टी नेपालका नेता प्रदीप

सप्तरी : राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार

फिक्कल : इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम

धादिङ : दसैं-तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च

काठमाडौं : बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण सम्झौता (सोमबार) हुने भएको छ। सरकार र जापानी कम्पनी

काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको