डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु



एजेन्सी : दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । बेपत्ता व्यक्तिको खोजी तथा उद्धार जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ०३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् ।

सो डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताए । सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्