राष्ट्रकवि घिमिरेलाई नागरिक अभिनन्दन



काठमाडाैं: काठमाडाैं महानगरपालिकाले राष्ट्रकवि माधव घिमिरेलाई नागरिक अभिनन्दन गरेको छ।

 

महानगरपालिकाले शनिबार राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरेको हो। महानगरबासीको तर्फबाट  मेयर विद्यासुन्दर शाक्यले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरेका हुन्।

 

घिमिरेको सम्मानमा महानगरले अभिनन्दन पत्र सहित पशुपतिनाथ मन्दिर स्वरुपको मुर्तिलगायत उपहार प्रदान गरेको थियो। अभिनन्दनअघि उनलाई निवासदेखि राष्ट्रिय सभागृहस्थलसम्म लावा लस्कर, बाजा गाजा र झाँकीसहित घोडाबग्गीमा राखेर रथारोहणसहित नगर परिक्रमा गराईएको थियो। रथारोहणका क्रममा घिमिरेको निवासदेखि सभागृहसम्म महानायक राजेश हमालले साथमै बसेर राष्ट्रकवि घिमिरेलाई छाता ओढाएका थिए।

 

केही दिनअघि मात्र घिमिरेले १००अाैं जन्मदिवस मनाएका छन्। राष्ट्रिय उत्सवको रुपमा मनाईएको जन्मोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले निवासमै पुगी शुभकामना दिएका थिए। २०६० सालमा घिमिरेलाई सरकारले राष्ट्रकविको उपाधि दिएको थियो। 

प्रतिक्रिया दिनुहोस्