उन्नत जातको गाईपालनले गाउँकै विकास



डडेलधुरा: डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालिका बासिन्दाले व्यवासायिक रुपमा उन्नत जातका गाईपानलबाट गाउँकै विकास गरेका छन् । नेपाल सरकारले शुरु गरेको कवुलियती वन तथा पशु विकास अवधारणा अनुसार स्थानीयवासी उन्नत जातको गाईपालनमा जुटेका हुन् । जिल्लाका अधिकांश क्षेत्रमा स्थानीयवासीको जिम्मामा रहेका वनलाई कवुलियती वनमा परिणत गरी ४० वर्षसम्म समूहलाई जिम्मा दिने निर्देशिकामा उल्लेख भए बमोजिम उक्त गाविस–८ सेरीका बासिन्दाले विगत तीन वर्षदेखि सेरी वन समूह बनाई डाँडा खोलामा डाले घाँस रोपेर वन संरक्षण पनि गर्दै आएका छन् ।

त्यहाँबाट उत्पादित घाँस प्रयोग गरी उन्नत जातका गाईपालन गरेर मनग्य आम्दानी गरिरहेका भेटेरीनेरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख खड्गबहादुर शाहाले बताए । दुईवटा गाईपालनबाट शुरु गरिएकामा अहिले ४० जर्सी गाई पालेर दूध बेची अर्थोपार्जन गर्दै आएको स्थानीयवासी लालबहादुर बुढाले जानकारी दिए । समूहले उक्त केन्द्रको आर्थिक सहयोगमा ५०० लिटरको दूध चिस्यान केन्द्रसमेत स्थापना गरी किसानबाट सङ्कलित दूध कैलालीस्थित खप्तड डेरीलाई दुई दिनमा ५०० लिटर दिने गरेको सहकारी दूध सङ्कलन केन्द्रका अध्यक्ष अमर बुढाले बताए ।

उहाँका अनुसार यसअघि गाउँका युवा रोजगारीका लागि भारत जाने गरेकामा अहिले गाउँमै व्यावासायिक रुपमा उन्नत जातको गाईपालनमा जुटेकाले उनीहरूको जीविकोपार्जनमा पनि सहज भएको छ । सेरीका बासिन्दाले दूध बेचेर चामल किनेर खान थाल्नाका साथै छोराछोरीलाई विद्यालय पनि पठाउन थालेका छन् । अहिलेसम्म तीनजनाले मात्र एसएलसी पास गरेका सो ठाउँमा पछिल्लो समय सबैले छोराछोरीलाई पढाउन थालेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।

काठमाडौं : विदेशमा कमाइ हुने आशाले विदेश जानका लागि चार वर्षसम्म भौतारिनु पर्दा नमिठो हण्डर

काठमाडौं : सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्।

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जथाभावी तालीम दिने एनजिओहरुलाई तह लगाउने

कमल ढकाल एउटा मान्छेले आफ्नो मात्र कथा बोक्दैन। सँगसँगै आफूसँग हिँडेको समयको पनि कथा बोकेको

जनकपुरधाम : पुस्तौँ देखि भोग चलन गर्दै आएको गाउँब्लकको जग्गा निर्वाचन आयोगको एक अधिकृतले पद

एजेन्सी : पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ । सोनम कपुरले बिहे

काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनफिङको भारत भ्रमणको मिति तय नहुँदा नेपाल भ्रमणको मिति पनि

परासी : श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ

जनकपुरधाम : लामो समय मौन देखिएका राष्ट्रि जनता पार्टी (राजपा)का वरिष्ठ नेता महन्थ ठाकुरले दुई

दाङ : दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण

काठमाडौं : मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ सरेको कारण हाल देशका मध्य