समयमा निर्माण कार्य सम्पन्न नभए कालोसूचीमा राख्न सुझाव


काठमाडौं : चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवनको बाँकी काम शुरु भएको छ।

प्रतिनिधिसभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समितिले भवनका बारेमा चासो लिई पटक–पटक स्थलगत अनुगमन र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएपछि ठेकेदार कम्पनीले बल्ल बाँकी काम शुरु गरेको हो ।

सम्झौता भएको आठ वर्ष बित्न लाग्दा पनि ठेकेदार कम्पनीले विविध बहाना देखाई सो भवनको निर्माणमा ढिलासुस्ती गर्दै आएको थियो । समितिको आजको बैठकमा समितिका सदस्य एवं समितिद्वारा सो भवनका बारेमा अध्ययन गर्न गठित कार्यदलका संयोजक अञ्जना विसङ्खेले भन्नुभयो, “भवनको बाँकी काम बल्ल शुरु भएको देखियो । ”

ठेकेदार कम्पनीका अनुसार सो भवनको ६५ देखि ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी काम तेस्रो भेरिएशन अनुसार हुने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०६८ मङ्सिर २८ गते तीन वर्षभित्रै सम्पन्न गर्ने गरी निर्माण कम्पनीसंग सम्झौता गरेको थियो ।

निर्माण सम्पन्न हुनुपर्ने अन्तिम मिति २०७१ साल मङ्सिर २७ गतेसम्म थियो । सम्झौता रकम मूल्य अभिवृद्धि करसहित रु ५५ करोड ५१ लाख २८ हजार ६४० थियो तर समयमै निर्माण पूरा नभएपछि मन्त्रालयले २०७२ साल मङ्सिर २७ गते एक वर्षसम्मका लागि म्याद थप गरेको थियो ।

दोस्रो पटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नभएपछि मन्त्रालयले तेस्रो पटक २०७३ साल चैत ११ गते पुनःम्याद थप गरेको थियो । तेस्रो पटक म्याद थप गर्दा समेत ‘म्याद थप भएको मितिले ११ महीनाभित्र अनिवार्य रूपमा कार्यसम्पन्न गर्ने गरी अन्तिम पटकका लागि म्याद थप गर्ने र थपिएको म्यादभित्र पनि उक्त निर्माण सम्पन्न नभएमा नियमानुसार क्षतिपूर्ति असुल गर्ने गरी कार्यान्वयन गर्न समेत स्वीकृत दिने निर्णय गरिएको थियो ।

अर्काेतर्फ शहरी विकास मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई भवन निर्माणको कार्यप्रगतिबारे २०७४ साल चैत १६ गते यस्तो जानकारी दिएको थियो । जानकारी पत्रमा ‘२०७४ सालको चुनाव र निर्माणस्थलमा दुर्घटना भई एक कामदारको मृत्यु भएका कारण काममा अवरोध भएकाले पुनः एक पटकका लागि म्याद थप हुन अनुरोध भई आएको थियो । तर पटक–पटक म्याद थप भएको समयमा पनि निर्माण सम्पन्न नभएकाले भेरिएशन स्वीकृत र म्याद थपको प्रक्रिया अगाडि बढ्न सकेको थिएन् ।

निर्माण व्यवसायीले भवनको कूल भेरिएशनमा दश प्रतिशत लागत बढाएको छ । अहिले भवनको लागत रु ६१ करोड २१ लाख ८७ हजार ५८७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले वहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माणलाई राखेको थियो ।

अध्ययन प्रतिवेदनमा यस्तो छ सुझाव

समितिको आजको बैठकमा संयोजक विसङ्खेले अध्ययन उपसमितिको प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनको मुख्य सुझावमा तेस्रो भेरिएशन स्वीकृत भएको मितिले नौ महीनाभित्र भवन हस्तान्तरण हुन नसकेमा ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिने भनिएको छ ।

“सो समयमा निर्माण सम्पन्न नभए सम्झौतामा उल्लेखित क्षतिपूर्ति बापतको रकम असुल गरी निजसँग सम्झौता रद्द गरेर ठेकेदार कम्पनीलाई कालोसूचीमा समेत राख्ने सम्बन्धित निकायलाई निर्देश दिने ।” प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन समितिका सदस्यमा सरिता न्यौपाने र एकवाल मियाँ रहनुभएको थियो । सुझावमा भवनको ७० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्न समय थप गर्नुपर्ने औल्याइएको छ ।

“सयममा अस्पतालको भवन बन्न नसक्दा क्यान्सरका बिरामीले धेरै दुःख पाइरहेका छन् । छिटो भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्छ र प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्नुपर्छ”, समितिका सभापति जयपुरी घर्तीले भने ।

बैठकमा समितिका सदस्य हितबहादुर तामाङ, उमेश श्रेष्ठ, चित्रलेखा यादव, मनकुमारी जिसी ,सरिता न्यौपाने र नवीना लामाले समयमा भवन निर्माणकार्य सम्पन्न हुनुपर्ने र यसका लागि निरन्तर अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।थाइल्याण्डको बैंककमा

काठमाडौं : नेकपा (माले)ले महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरिएको

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालले भोली (शनिबार) मलेसियासँग खेल्दै प्रतियोगिताको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको

एजेन्सी : बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।