मन्त्री भट्टराईले आफूलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि…


चितवन : आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रनुभयो ।

सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झर्नुभयो । उहाँहरु गफिदै अघि बढ्दै गर्दा स्वागत गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत पुग्नुभयो । बहालवालामन्त्री भएकाले बस्नेतले आफ्नो हातको खादा मन्त्री भट्टराई तर्फ जब लैजानुभयो मन्त्री भट्टराईले रोक्दै सिटौला तर्फ देखाउँदै भन्नुभयो, “पहिला दाइलाई ।” उहाँको भनाईसँगै बस्नेतलेसँगै रहनुभएका सिटौलालाई त्यही खादा पहिले ओडाउनुभयो अनि मन्त्री भट्टराईलाई अर्को खादा ओडाउनुभयो ।

यो सबै हेरिरहेका नेता कार्यकर्ता स्तब्ध देखिए । दुई खादा र फूल बोकेका धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फूलले स्वागत गरे । जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिँदै सम्मानको भावसँगै मन्त्री भट्टराई बाहिरिनुभयो ।

चितवन क्षेत्र नं २ का सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका सचिव कृष्णभक्त पोख्रेलले पनि पहिले सिटौलालाई खादाले स्वागत गर्नुभयो । उहाँले भन्नुभयो,“मन्त्रीले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ । ” पोख्रेलले थप्नुभयो, “लोकतन्त्र र गणतन्त्र यही पार्टी मिलेर ल्याएका हांै, अब हामी समृद्धिका लागि पनि मिल्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।” युवाहरुले यो खालको संस्कार देखाउनुपर्ने पोख्रेलले बताउनुभयो ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विपक्षी दलका नेतालाई जुन सम्मान मन्त्री भट्टराईले दिनुभयो यसले मुख्य दल मिल्नुपर्छ भन्ने सन्देश प्रवाह भएको विचार राख्नुभयो ।

उहाँहरुको स्वागतमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला इञ्चार्ज कृष्ण खनाल, जिल्ला सचिव कृष्णभक्त पोख्रेल, काङ्ग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाललगायतका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

मन्त्री भट्टराई भरतपुर विमानस्थल विस्तार सम्बन्धी छलफल कार्यक्रममा र सिटौला पार्टीको समायोजन सम्बन्धी कार्यक्रममा सहभागी हुन चितवन आउनु भएको हो । केही दिनअघि मन्त्री भट्टराईले मन्त्रालयका योजनाका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवालाई भेट गरी जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असार १ गतेबाट पठन शुरु गर्न संघ,

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५७ जिल्लामा

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८१ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : योगेन्द्र सिलवाल झापाको एम्बुलेन्स चालक हुन् । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबैलाई आफ्ना नाम थर परिवर्तन गर्न

जनकपुरधाम– प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटमा

काठमाडौं : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ सय ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगको टोली ६ जनाको ज्यान जानेगरी रुकुम पश्चिमको सोतीमा भएको

बझाङ : बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिका २ वर्षीय बालिकाको मृत्यु भएको

पोखरा : गण्डकी प्रदेशमा आज तीन जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका स्याङ्जा

काठमाडौं– सांसद सूर्य प्रसाद पाठकले सदनमा मृत्यु दण्डको माग उठाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही,