टानको चुनावमा कसले मार्ला बाजी ?



नेपोलियन चेपाङ

काठमाडौं : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको ४१ औँ वार्षिक साधारणसभा भोली २० गते होटल सोल्टीमा हुन लागको छ । यसका लागि वामपन्थी खेमा र प्रजातान्त्रिक खेमाको तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

अहिले नयाँ नेतृत्वमा को आउछ भन्ने विषयले व्यवसायीहरुले विभिन्न अड्कल बाजी गर्न थालको छन् । भोली (शुक्रबार) हुने साधारणसभाले २ वर्षका लागि नयाँ नेतृत्व प्रदान गर्दछ । १७ सदस्यीय कार्यसमितिका लागि १३ सय २० मतदाताले मतदान गर्नेछन् ।

आफ्नो पक्षमा जित पार्नको लागि उम्मेदवारहरु १५ दिन अगाडिदेखि नै सकृय रहेका छन् । उनीहरुले सफलता आफ्नो पोल्टामा पार्नको लागि मतदाताहरुलाई रिझाउन धेरै कोसिस गरिरहेका छन् । वामपन्थी खेमाबाट अध्यक्षका उम्मेदवार युवा व्यवसायी अन्जन थापा (कुमार) रहेका छन् भने प्रजातान्त्रि खेमाबाट खुमबहादुर सुवेदी रहेका छन् । उनीहरुले आ–आफ्नो प्रचारप्रसार तीव्र तवरले गरिरहेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खहरेमा जन्मिएका थापा पोर्टर, गाईड बन्दै हाल होटल, ट्रेकिङ्ग र एडभेन्चर क्षेत्रका एक सफल र इमान्दार व्यावसायीको रुपमा पहिचान कमाएका व्यवसायी हुन् । उनी जुन–जुन क्षेत्रमा हात हाल्छनर त्यसमा सफलता पनि त्यहि गतिमा प्राप्त गर्दै आएका व्यक्ति हुन् ।

थापाले अफूले जसरी पनि यो निर्वाचनमा सफलता हासिल गर्ने बताउछन् । नम्र स्वभावका थापा आशाही ट्रेक्स एण्ड एक्पिडिसन प्रालिका सञ्चालक हुन् । सन २००० देखि पर्यटन व्यावसायमा लागेका थापा सफल व्यवसायी हुन् ।

उनको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्वितिय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सह–कोषाध्यक्षमा प्रदिप पण्डितलाई चुनावी दौडमा अघी बढाइएको छ ।

यस्तै सदस्यमा रघु पौडेल, मिङ्मा शेर्पा, ङिमादिकी शेर्पा, सुनिल सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, र ठाकुर सापकोटा रहेका छन् ।

थापा समुहले १६ बुँदे प्रतिबद्धता प्रस्तुत गर्दै टानलाई गतिशिल, र पदयात्रा व्यावसायीको समसामयिक समस्याको समाधानको लागि आफुहरु टान नेतृत्व लिन लागेको बताए ।

यसैगरी प्रजातान्त्रिक पक्षको नेतृत्व खुम बहादुर सुवेदीले गर्दैछन् । सुवेदी टानका अहिलेको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् । सुवेदी धादिङ ज्वालामुखी गाउँपालिकामा जन्मेर विगत २६ वर्षदेखी पर्यटन व्यावसायमा लाग्दै आएका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका सुवेदी युनिक एडभेन्चर इन्टरनेशनलका सञ्चालक हुन् । उनि पनि आफ्नो जित सुनिश्चित हुनेमा कुनै शंका नै नरहेको दाबी गर्छन् ।

सुवेदी नेतृत्व प्यानलमा वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदिपकुमार घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा खोमराज अधिकारी (सन्तोस), सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा, सोनाम ग्याल्जेन शेर्पा, रबिन्द्र महर्जन, सनम शेर्पा, तेन्जिङ शेर्पा, बुद्धकुमारी अधिकारी रहेका छन् ।

तीन कार्यकालदेखि वामपन्थी धारका व्यवसायीहरुले जित्दै आएको ईतिहास टानमा विद्यमान रहेको छ । यसकारण पनि टानमा वाम वर्चश्व रहेको देखाउछ । अध्यक्षका प्रत्यासी थापाले नेतृत्व गरेको टानलाई अहिलेको अवस्थामा पु-याउनको लागि महत्वपूर्ण योगदान गरेका छन् । उनको पक्षमा देखिएको माहौल र घोषणासभामा देखिएको उपस्थितिले थापा पक्षको विजय सुनिश्चित जस्तो देखिन्छ ।

देस्रो पुस्ताका युवा र स्थापित पर्यटन व्यवसायी थापा पर्यटन क्षेत्रमा लोकप्रिय मानिन्छन् । पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका थापा नेतृत्वको प्यानललाई हेर्दा उनीहरुको अधिकांश पदाधिकारीसहित कार्यसमिति सदस्यमा जित पार्ने देखिन्छ । आफ्नो छुट्टै खालको पहिचान बनाउन सफल थापाले आफूले जित्ने दाबी पनि गरेका छन् । यता खुमबहादुर सुवेदीले पनि आफूले जित्ने दाबी गरेका छन् । तर, उनका लागि यो निर्वाचन जित्न चाहि फलामको चिउरा चबाए सरह नै हुने देखिन्छ । किन पनि भने आहिलेको निर्वाचनमा अधिकांश भोटर नेकपा निकटका रहेको पाइएको छ । टानको निर्वाचनमा अध्यक्षको प्रत्यासी थापा र सुवेदी दुबै धादिङ जिल्ला निवासी हुन् ।

यस्तो छ नेपालमा ट्रेकिङको सम्भावनाः
विश्वभर साहसिक पर्यटनको कुरा गर्दा नेपालको पर्यटन अग्रपंक्तिमा आउँछ । संसारकै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमशृङ्खला मध्ये ८ वटा त नेपालमा नै रहेका छन् ।

सर्वोच्च शिखर सगरमाथाको देश हुनुको नाताले पनि पदयात्रा पर्यटन तथा हिमाल आरोहीहरुका निम्ति नेपाल प्रमुख गन्तव्य मध्ये एक हो । भौगोलिक परिस्थिति भेषभूषा, जातजाति, परम्परा, प्राकृतिक सम्पदा आदिले भरिएको हाम्रो देश संसारकै सुन्दर देशमध्ये एक हो । लोन्ली प्लानेट, रोयटर्स जस्ता विश्व प्रसिद्ध गाइड बुकहरुले नेपालका पदयात्रा क्षेत्र विशेष गरी ट्रेकिङलाई विशेष महत्व दिएको पाइन्छ ।

यहाँका सुन्दर हिमशृङ्खला, हाम्रा गाउँबस्ती, रहनसहन, भेषभूषा र भौगोलिक विविधताले पर्यटकलाई लोभ्याउने गरेको छ । नाम्चेदेखि सगरमाथा, पुनहिलदेखि उपल्लो मुस्ताङ, रारा, डोल्पादेखि रुवी भ्याली, मनास्लुदेखि ओलाङचुङ गोला सम्म स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा जाने गरेका छन् ।

स्वास्थ्यका दृष्टिकोणले तथा दिनदिनै अत्यन्तै तीव्र विकासले संसारलाई भौतिक दुनियाँतिर लगिरहेको र अत्यन्त व्यस्त दैनिकीबाट छुटकारा लिँदै पदयात्रामा जाने पर्यटकहरु दिन प्रतिदिन नेपालप्रति आकर्षित हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्