अन्योलमा ओलम्पिकको निर्वाचन : २७ मतदाता २६ उम्मेदवार, कसले मार्ला बाजी



काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन मुख्य प्रवेश द्वार मानिने नेपाल ओलम्पिक कमिटी अहिले अन्योलमा परेको छ ।

आउँदो भदौ २० गतेको लागि तय भएको नेपाल ओलम्कि कमिटी (एनओसी) को सिनर्वाचन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि अन्योलता छाएको छ ।

नेपाल टेबुलटेनिस संघका पूर्व महासचिव रहेका कमल बहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै गत आइतबार रिट दायर गरेका थिए । उक्त रिट माथि सुनुवाई गर्दै सर्वोच्चको न्यायाधिस टंक बहादुर मोक्तानको एक इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधिश मोक्तानले निवेदकको गाम्र्भीता हेर्दा दुवै पक्ष राखेर छलफल गरी उचित निषर्कमा पुग्न उचित हुने भन्दै आगामी २२ गतेका लागि पेशी तोकेका छन् । यसपछि चुनावी मौदनमा उत्रेका उम्मेदवारहरुले यो मुद्दाको छिटो नारा लगाउनु पर्यो भन्दै विभिन्न नेताहरु र शक्ति केन्द्र धाउन थालेका छन् ।

कमिटीको चुनाव नजिकिँदै गर्दा मत परिणाम आफ्नो पक्षम पार्न दौडधुप सुरु भएको थियो । ओलम्पिक कमिटीको पदाधिकारी बन्न प्रतिनिधिसभाका सांसद तथा नेकपा नेता बामदेव गौतम पत्नी तुलसा थापा, राष्ट्रिय खेलकुद परिषदका वर्तमान उपाध्याक्ष पिताम्बर तिमिल्सिना, पूर्व सदस्य सचिव केशव विष्ट लगायत विभिन्न संघसंस्थाका उच्च पदस्थ तथा व्यवसायीहरुको भाले भिडन्त चलिरहेको थियो । यसपटक उम्मेदवारीले कमिटीको महत्व र आकर्षणलाई झल्काएको छ ।

ओलम्पिक कमिटिको अध्यक्षमा फेरि यसपटक अघिल्लो कार्यकालमा नेतृत्वका लागि लडेका वर्तमान अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ र नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठ भिडेका छन् । यसपटक पनि कमिटीको अध्यक्षमा जिवनराम श्रेष्ठको पक्षमा माहौल देखिएको छ । श्रेष्ठका पक्षमा र्निविरोध निर्वाचित उपमहासचिव तिमिल्सिनाको साथपनि रहेको चर्चा व्यापक छ । तिमिल्सिनालाई आफू पछिको उत्तराधिकारीको रुपमा अघि बढाउने प्रतिवद्धता श्रेष्ठले गरेपछि श्रेष्ठका पक्षमा तिमिल्सिना देखिएका छन् ।

यस्तै महासचिवमा वर्तमान उपाध्यक्ष तथा व्यवसायी पुरेन्द्रविक्रम लाखे र सदस्य निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका छन्। लाखे उमेशलाल र श्रेष्ठले जीवनरामको प्यानलबाट महासचिवको उम्मेदवार बनेका हुन् ।

अघिल्लो चुनावमा जीवनरामले उमेशलाई अध्यक्षमा पराजित गरेका थिए
पाँच उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ। जसमा लन टेनिसका ज्योति राणा, सुटिङका पुष्पदास श्रेष्ठ, पौडीका अशोकमान बज्राचार्य, ह्यान्डबलका तेज गुरुङ, टेबल टेनिसका चतुरानन्द राज वैद्य, फेन्सिङका सुनिल श्रेष्ठ, र्याफटिङ एन्ड क्यानोइङका राजीव श्रेष्ठ र कुस्तीका प्रतिनिधि तथा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी छन्।

यस्तै ३ सचिवका लागि ४ जनाको उम्मेदवारी परेको छ। जसमा संघिय सांसद तथा तुल्सी थापा(बामदेव गौतमकी श्रीमती), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव केशवकुमार विष्ट, जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ उम्मेदवार छन्।

कोषाध्यक्ष र उप–महासचिवमा भने एक एक जनाको मात्रै उम्मेदवारी परेपछि दुबै निर्विरोध भएका छन्। वर्तमान कोषाध्यक्ष रतन तण्डनले फेरि सोही पदमा निर्विरोध भए भने राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना पनि उप महासचिवमा निर्विरोध भए।

यस्तै ७ सदस्यका लागि उम्मेदवारी दिने ८ जनामा नेपाल गल्फ संघका टासी घले, फुटबलका दीर्घबहादुर केसी, आर्चरीका रमेशप्रसाद शिवाकोटी, भलिबल संघका मनोरञ्जन रमण शर्मा, तेक्वान्दो प्रकाश शम्सेर राणा, साइक्लिङका गोपालसुन्दर कक्षपति, बक्सिङका राम अवाले, बास्केटबलका होमबहादुर दोङ छन् ।

जम्मा २७ सदस्यले भाग लिने यो चुनावमा २६ जना उम्मेदवार नै रहेका छन् । पूर्व अध्यक्ष रहेका धु्रबबहादुर प्रधान बाहेक सबै उम्मेवदारको रुपमा प्रस्तुत भएका छन् ।


प्रतिक्रिया दिनुहोस्