सुनको मूल्य घट्यो



काठमाडौं : लगातार वृद्धि भइरहेको सुनको मूल्य आज (बिहीबार) भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य एक सयले घटेको जनाएको छ ।

बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको थियो भने ७३ हजार ४ सयमा कारोबार भएको महासङ्घले जनाएको छ ।

त्यस्तै बुधबार तेजाबी सुन ७३ हजार २ सयमा कारोबार भएको थियो भने आज तोलाको ७३ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ९ सय ४० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्