गगनलाई शान्ताको कडा जवाफ



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको युवा नेता तथा सांसद गगन थापालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ तथा सांसद शान्ता चौधरीले कडा जवाफ फर्काएकी छन् ।

सांसद थापाले हिजो (बुधबार) को बैठकमा विशेष समयमा बोल्दै व्याङ्ग्यात्मक शैलिमा प्रधानमन्त्री केपी शर्मा ओलाई विश्राम दिनुपर्ने बताएका थिए । त्यसको जवाफमा नेकपाका नेतृ तथा सांसद शान्ता चौधरीले तपाईको शरीर विशेष धातुले बनेको त छैन होला नि भनेकी छन् ।

सांसद चौधरीले भनेकि छन्– ‘कहिलेकाहीको स्वास्थ्य परीक्षण र उपचारको विषयलाई लिएर व्याङ्यात्मक मन्तव्य राख्ने तपाईं सम्मानीय प्रधानमन्त्री ज्यु जत्तिकै सक्रियता पूर्वक खटेर देखाए हुने नि ।’

‘बिरामी त हामी सबै नै हुन्छौं । जन्मिएको दिनदेखि कयौं पटक बिरामी भइन्छ । उपचार गरिन्छ पुनः आफ्नो काममा क्रियाशिल रहिन्छ ।’ उनले थप्दै भनिन्– ‘सम्मानिय प्रधानमन्त्री ज्यु उपचारको क्रममा सिंगापुरमा हुनुहुन्छ । उहाँको उपचार लगभग पुरा भइसकेको जानकारी प्राप्त भएको छ । उहाँ जत्तिकै खट्न सक्ने हामी युवा हौं भन्नेहरु पनि छैनौं सायद ।’

नेपाली जनताको मत र चाहनाले प्रधानमन्त्री भएको बताउँदै उनले अरुको चाहनाले प्रधानमन्त्री नबनेको बताइन् ।

‘तपाईंले राजीनामा मागेर न त उहाँको उत्साह घट्ने छ न क्रियाशिलता नै । सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु कै नेतृत्वमा बन्नेछ संमृद्ध नेपाल ।’ उनले थपिन्–‘उहाँको स्वास्थ्यको विषयलाई लिएर कसैले खिसीट्युरी गर्न जरुरी नै छैन ।’

प्रतिक्रिया दिनुहोस्