मानव बेचबिखन तथा ओसारपसारविरुद्ध -याली


भद्रपुर : मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज झापाको काँकडभिट्टामा वृहत -यालीको आयोजना गरिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट निकालिएको -यालीमा प्रदेश नं– १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख दिनेश मैनाली, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलालगायत मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्ने माइती नेपाल, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, नागरिक समाज र विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

-यालीमा चेलीबेटी बेचबिखन मुक्त देश बनाउनुपर्ने सचेतनामूलक नारा लेखिएका प्ले कार्डसहितको जनसहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय झापाद्वारा आयोजित कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जानकारी दिने सचेतनामूलक पर्चा वितरण गरिएको थियो ।

झापाको काँकडभिट्टा मानव बेचबिखनको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको बताउँदै मातहतमा रहेका सुरक्षाकर्मीलाई चखानो भएर काम गर्न प्रदेश नं १ का प्रहरी प्रमुख ज्ञवालीले निर्देशन दिएका थिए । आज झापा चन्द्रगढी, विर्तामोडलगायतका क्षेत्रमा समेत मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल–चीनको कम्युनिष्ट बिचारका बारेमा बृहत्त छलफलको आयोजना हुँदैछ । नेकपाले अवलम्बन गरेको जनताको

धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा देखाउनुका साथै

महोत्तरी : जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको

पोखरा : सर्वाधिक महत्वका साथ हेरिएको कास्की–२ को उपनिर्वाचनको चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

वीरगञ्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं समाजवादी पार्टी नेपालका नेता प्रदीप

सप्तरी : राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार

फिक्कल : इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम

धादिङ : दसैं-तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च

काठमाडौं : बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण सम्झौता (सोमबार) हुने भएको छ। सरकार र जापानी कम्पनी

काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको