सुदूरपश्चिममा मनसुनी वर्षा कमजोर


धनगढी : सुदूरपश्चिम प्रदेशमा यो वर्ष मनसुनी वर्षा औसतमा कम मात्रामा भएको छ । मनसुनको प्रभाव प्रदेशका पहाडी जिल्लामा केही बढी देखिएको भए पनि तराईका कैलाली र कञ्चनपुरमा विगतका वर्षमा जस्तो अहिलेसम्म सक्रिय हुन सकेको छैन ।

प्रदेशमा यस वर्ष जुन २० को आसपासमा मनसुन प्रवेश भएको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गएको जुन महीनभर मुश्किलले ५१ दशमलव ८ मिमी वर्षा भएको थियो ।

जबकि अघिल्लो वर्षको जुनमा १०७ दशमलब ८ मिमी वर्षा मापन भएको थियो । गएको जुलाईमा ४६० दशमलव ८ मिमी वर्षा भएकामा अघिल्लो वर्षको जुलाईमा ४४० दशमलव ८ मिमी वर्षा भएको थियो ।

यस्तै अगस्त महीनामा २३३ दशमलव ७ मिमी वर्षा भएकामा गत वर्षको अगस्तमा ४१७ दशमलव २ मिमी वर्षा मापन भएको थियो । “यस वर्ष गएको असार २६ गते सबैभन्दा बढी ८१ दशमलव नौ मिलिमिटर वर्षाको मापन गरिएको थियो, कार्यालयका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले भन्नुभयो, “त्यसयता योभन्दा ठूलो वर्षा हुन सकिरहेको छैन ।”

नेपालमा मनसुन जुन १० को आसपासमा भित्रिएर अगस्त महीनासम्म रहने गरेको बताइन्छ । आकाशको पानीको भरमा हुने वर्षे धानखेती पर्याप्त पानीको अभावका कारण प्रभावित हुन थालेको किसानले बताएका छन् ।

“भदौ तेस्रो हप्ता आउन लाग्दासम्म पनि राम्रोसँग वर्षा हुन सकिरहेको छैन”, धनगढी उपमहानगरपालिका–१३ का किसान महेश रानाले भन्नुभयो, “धान खेतमा पर्याप्त पानी नहुँदा झारपात उम्रिने र रोग किराको समस्या देखिन थालेको छ ।”

वर्षा कम हुँदा वर्षायामा गरिने तोरैयाँ, लौका, फर्सी, काँक्रा र तानेबोडीको उत्पादन भने तराईका जिल्लामा यसअघिका वर्षको तुलनामा वृद्धि भएको छ । “वर्षा बढी हुँदा तरकारीको उत्पादन विगतको वर्षायाममा कम हुने गरेको थियो”, किसान रानाले भन्नुभयो, “यसपाली भने कम वर्षा हुँदा तरकारी बाली भने सप्रेको छ ।”

वर्षेनी मौसममा (जलवायु) भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भइहालेमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्र जीवभन्दा शत्रु जीवको समस्या बढी हुने जस्ता समस्या देखिन थालेको बताइन्छ ।

प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले आकासको पानीको भरमा गरिएको धानबालीमा पर्याप्त पानीको अभाव देखिएको बताए । “यस वर्ष धान बालीमा पर्याप्त पानीको अभावका कारण प्रदेशमा १५ देखि २० प्रतिशत धान उत्पादन घट्ने अनुमान गरिएको छ”, उनले भए।

वर्षायाममा पर्याप्त वर्षा हुन नसकेमा त्यसको असर हिउँदे बालीमा समेत पर्ने कृषि प्राविधिकको भनाइ छ । वर्षायाममा पर्याप्त वर्षा नहुँदा जग्गामा रिचार्ज (पानी सञ्चित)को अवस्था पनि कमजोर भई यसको असर हिउँदे बालीलाई पनि पर्ने बताइन्छ ।

देशको पूर्वी भेकमा ठूलो मनसुनी वर्षा भए पनि कैलाली कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म विगतका वर्षमा जस्तो ठूलो वर्षा हुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।

काठमाडौं : विदेशमा कमाइ हुने आशाले विदेश जानका लागि चार वर्षसम्म भौतारिनु पर्दा नमिठो हण्डर

काठमाडौं : सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्।

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जथाभावी तालीम दिने एनजिओहरुलाई तह लगाउने

कमल ढकाल एउटा मान्छेले आफ्नो मात्र कथा बोक्दैन। सँगसँगै आफूसँग हिँडेको समयको पनि कथा बोकेको

जनकपुरधाम : पुस्तौँ देखि भोग चलन गर्दै आएको गाउँब्लकको जग्गा निर्वाचन आयोगको एक अधिकृतले पद

एजेन्सी : पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ । सोनम कपुरले बिहे

काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनफिङको भारत भ्रमणको मिति तय नहुँदा नेपाल भ्रमणको मिति पनि

परासी : श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ

जनकपुरधाम : लामो समय मौन देखिएका राष्ट्रि जनता पार्टी (राजपा)का वरिष्ठ नेता महन्थ ठाकुरले दुई

दाङ : दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण

काठमाडौं : मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ सरेको कारण हाल देशका मध्य