एशिया कप क्रिकेट : नेपाल श्रीलङ्कासँग पराजित


काठमाडौं : एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पराजित भएको छ । श्रीलङ्काको राजधानी कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको हो ।

टस जितेर नेपालले ब्याटिङ रोजेको थियो । नेपालले ४२ ओभरमा नौ विकेट गुमाउँदै एक सय ५९ रन बनाएको थियो । एक सय ६० रनको विजयी लक्ष्य श्रीलङ्काले ३३ दशमलव चार ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग-यो । नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल रोकिएको थियो । वर्षा बाधक बनेपछि ५० ओभरको खेललाई ४२ ओभरमा झारिएको थियो । श्रीलङ्काका लागि कामील मिश्राले अर्धशतक प्रहार गरे । उनले ६२ बलको सामना गर्दै ५५ रन बनाए । यस्तै आहन विक्रमासिङ्घेले ३०, अभिष्का थारिन्दुले अविजित २५, निपुन धनञ्जय परेराले १८, रविन्दु रसन्थाले १५ तथा नाभोद प्रनभिस्थाले १२ रन जोडे ।

बलिङतर्फ नेपालका लागि रासिद खानले दुई तथा सागर ढकाल, कमलसिंह ऐरी र पवन सर्राफले एक-एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि शुुरुआती ब्याट्सम्यान रित गौतमले अर्धसतक बनाए । उनले ८५ बल खेल्दै चार चौकाको मद्दतमा ५४ रनको योगदान दिए । कप्तान रोहितकुमार पौडेलले ४७, रसिद खानले १५ तथा हरि चौहानले १२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लागि दिलसान मधुशङ्का र नाभोद दिनुश्रीले तीन-तीन तथा आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक-एक विकेट लिए । नेपालले अर्को खेल भदौ २२ गते बङ्गलादेशसँग खेल्नेछ । एशिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा श्रीलङ्का, बङ्गलादेश र संयुक्त अरब इमिरेट्स (युएइ) छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : ललितपुर केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । बुधबार दिउँसो ४ बजेर

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

वीरगञ्ज : देशको आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्ज कोरोना सङ्क्रमणका कारण प्रभावित बनेको छ ।

पर्सा : वीरगञ्ज कारागारका प्रमुखसहित १३३ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । जसमध्ये बाराका

अयोध्या (भारत) : भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले मङ्गलबार उत्तरप्रदेशस्थित अयोध्यामा राम जन्मभूमि मन्दिर निर्माणका लागि

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज

सुनसरी : इटहरी उपमहानगरपालिकाले आज (बुधबार)देखि लकडाउन गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद