काठमाडौंको रात्री जीवन !



नेपोलियन चेपाङ
अहिले सरकार भिजिट नेपाल २०२० को टार्गेट मिट गर्नेे उद्देश्यका साथ अगाडि बढिरहेको छ । भ्रमण वर्ष २०२० घोषणा गरी अगाडि बढिरहेको सरकारले त्यसका लागि चाहिने पूर्वधारतिर खासै चासो देखाएको जस्तो देखिन्न ।

पछल्लो समय पर्यटकका लागि चाहिने रमाइलो गर्ने थलोलाई नै बन्द गर्ने पो हो कि भन्ने भान पर्न थालको छ । अहिले सरकारले रात्रीकालिन व्यवसायमाथि कडाइ गरेको छ । पश्चिमा संस्कृतिमा रम्ने पर्यटकहरु राति अबेरसम्म घुम्ने र रम्ने गरेको पाइन्छ । नेपाल आउने पर्यटकहरु पनि त्यसैअनुरुप मनोरञ्जनका लागि रातभरि चहार्ने गर्छन् । उनीहरु क्लब, डिस्को र बारतिर बढी रम्ने गरेका छन् ।

तर अहिले सरकारले रात्रीकालिन व्यवसायमाथि अंकुश लगाउन थालेपछि रात्रीकालिन रमाइलोका लागि निस्कने पर्यटकलाई असुविधा हुन थालेको छ ।

दरबारमार्गमा १२ बजेसम्म अनुमति पाएका तर २४ घण्टा सञ्चालित रेस्टुरेन्ट र डान्सबार रहेका छन् । सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यी र यस्ता ठाउँलाई व्यवस्थित गर्नका लागि बेलैमा लाग्नुपर्ने देखिन्छ । यसो गरेमात्र भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकले आफूले भनेजसरी घुम्न पाउँथे कि ?

काठमाडौंको ठमेल क्षेत्र रात्रीकालीन जीवनका पहिल्यैदेखि चर्चित रहेको छ । यस क्षेत्रलाई २४ औँ घण्टा खुलाउनको लागि सरकारले पहिले नै उद्घोष गरिसकेको छ । तथापि त्यो हुन सकिरहेकोे छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बिग सिटीलाई २४ औँ घण्टा खुलाउने गरेको छ । तर नेपाल खुलाउनुको साटो बन्द गर्नेतिर अघि बढिरहेको देखिन्छ ।

यसले के देखाउँछ भने रात्रीकालिन मनोरञ्जनलाई सरकारले कडाइ गरिरहेको छ । तर, नेपालमा भने त्यो हुन सकिरहेको छैन । यसका साथै ठमेल दरबारमार्ग लगायतका एरिया रम्न र रमाउनको लागि जाने थलोको रुपमा चिनिन्छ । काठमाडौंको मुटु ठमेलमा अहिले सयौं डिस्को, डान्सबार, दोहोरी, क्याबिन र खाजाघर सञ्चालित छन् ।

अहिले स–साना खाजाघरमा खाजाघरका नाममा अधिकांशमा यौन अखडाको रुपमा विस्तार भइरहेको छ । यसलाई अनुगमन गर्नु पनि सरकारको दायित्व हो । सबैलाई एउटै ड्याङमा राखेर हेर्नुभन्दा पनि स्वस्थ मनारञ्जन दिने ठाँउलाई त्यही अनुसारको व्यवहार गर्न सक्नुपर्छ । यसो गरे भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकले रमाइलो गर्न पाउँछन् भने आर्थिक रुपमा पनि नेपाललाई नै फाइदा पुग्ने देखिन्छ ।

अहिले तिनै क्षेत्रमा रहेको डिस्को, दोहोरी, क्याबिन तथा खाजाघरमा अनुगमन कडाइ गर्ने कुरा बाहिर आएको छ । यसले पर्यटन वर्ष २०२० लाई टेवा पुर्याउनुको सट्टा पर्यटनलाई घाटा पुर्याउला कि भन्ने आममानिसले सोच्न थालेका छन् ।

केही हप्ता अघिमात्र तत्कालिन काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको नेतत्वमा रात्रीकालीन व्यवसायमा आकस्मिक अनुगमन गरी अनुगमनको सुरुआत गरेको थियो, जसको कारण आम रात्रीकालिन व्यवसायीमा त्रास फैलिन पुगेको थियो ।

हुन त दसैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै अनुगमन गरेको अर्थमा केहीले व्याख्या गर्न थालिए पनि त्यो व्यवसायमाथि धावा बोल्नु सकारात्मक पक्ष भने पक्कै मान्न सकिदैन । अहिले ठमेल र दरबारमार्ग क्षेत्रका अधिकांश डिस्को, डान्सबारदेखि रेस्टुरेन्टसम्म विनाअनुमति रातभर सञ्चालन हुँदै आएका छन् । यसलाई सरकारले एउटा मापदण्ड बनाएर सञ्चालन गर्न अनुमति दिनुपर्छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई तताएर तत्कालिन प्रमुख जिल्ला अधिकारी आचार्यले दुई–तीन वटा बैठक डाकेपछि प्रहरीले पनि यस विषयमा अहिले भने ध्यान दिन थालेको छ । खाजाघरका नाममा हुने विभिन्न विकृतिलाई नियमन गर्न नसकको बरु उल्टै प्रहरीका घुमुवाले महिनावारी रूपमा रकम संकलन गरिहेको पुष्टि भएपछि प्रशासन तातेको बताइन्छ ।

राति १० बजेदेखि १२ बजेसम्म अनुमति पाएका डिस्को, क्लब र डान्सबार २४ औँ घण्टा सञ्चालन हुँदा प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन कठिन हुँदै गएको गुनासो बढ्दै गए पनि यसलाई सरकारलाई सुरक्षा दिनुपर्ने व्यवसायी बताउँछन् । सरकारले आफैँले गरेको निर्णयलाई पूरा गर्न सकेको छैन । यसकारण पनि व्यवसायी र प्रहरी प्रशासनलाई सास्ती नै भएको छ । ढिलासम्म खोल्नका लागि डिस्को र अन्य मनोरञ्जनको क्षेत्रलाई छुट दिँदा दैनिक जसो झैझगडा, चोरीलगायत अपराधजन्य घटना बढिरहेका छन् । त्यसलाई व्यवस्थापन गर्नका लागि सरकारले उचित कदम चाल्नुपर्ने देखिन्छ ।

अहिले स–साना खाजाघरमा खाजाघरका नाममा अधिकांशमा यौन अखडाको रुपमा विस्तार भइरहेको छ । यसलाई अनुगमन गर्नु पनि सरकारको दायित्व हो । सबैलाई एउटै ड्याङमा राखेर हेर्नुभन्दा पनि स्वस्थ मनारञ्जन दिने ठाँउलाई त्यही अनुसारको व्यवहार गर्न सक्नुपर्छ । यसो गरे भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकले रमाइलो गर्न पाउँछन् भने आर्थिक रुपमा पनि नेपाललाई नै फाइदा पुग्ने देखिन्छ ।

कुनलाई कति समय खोल्न दिने भन्ने कुरा सरकारले नै तय गर्नुपर्ने देखिन्छ । सरकारले नियमन गरे पनि अहिले डान्स, दोहोरी, लाउन्ज बार, रेस्टुरेन्ट तथा क्याफे १२ बजेसम्म सञ्चालन हुनुपर्नेमा निर्वाध रूपमा रातभर सञ्चालन भइरहेका छन् । यसले पनि सुरक्षामा असर गरेको छ । यदि राज्यले तोकेको मापदण्डअनुसार क्याफे, रेस्टुरेन्ट, दोहोरी, डान्स, लाउन्जले १२ बजे बन्द गर्ने र डिस्को थेकले २ बजेसम्म सञ्चालन अनुमति पाएकोमा सो समयमै बन्द गर्ने हो भने सबै सुरक्षा व्यवस्थामा चुनौती नआउने बताइन्छ । नेपाल प्रहरीलाई समेत सुरक्षा व्यवस्था मिलाउन सहज हुने प्रहरी अधिकारीको तर्क छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई तताएर तत्कालिन प्रमुख जिल्ला अधिकारी आचार्यले दुई–तीन वटा बैठक डाकेपछि प्रहरीले पनि यस विषयमा अहिले भने ध्यान दिन थालेको छ । खाजाघरका नाममा हुने विभिन्न विकृतिलाई नियमन गर्न नसकको बरु उल्टै प्रहरीका घुमुवाले महिनावारी रूपमा रकम संकलन गरिहेको पुष्टि भएपछि प्रशासन तातेको बताइन्छ ।

केही हप्ता अघि अनुगमनमा गर्दा दर्ता भएको नभएको, खाद्य प्रविधि तथा गुण नियन्त्रणको गुणस्तरीयताको मापदण्ड पूरा भएको नभएको, प्रचलित श्रम ऐन पूरा गरेको नगरेको लगायतमा समेत अनुगमन गरेको थियो ।

अहिले उपत्यकामा मात्र नभई सिंगो मुलुकभरि जनसंख्याका आधारमा प्रहरी सुरक्षा अत्यन्त कम रहेको छ । सबै विषय सहज भयो र नियम कडाइ गरेर लागू भयो भने थोरै जनशक्तिले पनि त्यस्ता व्यवसायमा सुरक्षा प्रदान गर्न सक्नेछ ।

तर, मनोमानी ढंगले राज्यको कानुनलाई चुनौती दिँदै रातभर सञ्चालन हुँदा एकातिर प्रहरीले समेत जस नपाउने अवस्था छ भने अर्काेतिर जिल्ला प्रशासन कार्यालयको निर्णयसमेत कार्यान्वयन हुन सकिरहेको छैन । बिनाअनुमति रातभर सञ्चालित व्यवसायको अनुगमन गर्ने र आवश्यक कारबाही गर्ने जिम्मेवारी प्रहरी प्रशासनको भए पनि कडाइ गर्न सकेको छैन ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई तताएर तत्कालिन प्रमुख जिल्ला अधिकारी आचार्यले दुई–तीन वटा बैठक डाकेपछि प्रहरीले पनि यस विषयमा अहिले भने ध्यान दिन थालेको छ । खाजाघरका नाममा हुने विभिन्न विकृतिलाई नियमन गर्न नसकको बरु उल्टै प्रहरीका घुमुवाले महिनावारी रूपमा रकम संकलन गरिहेको पुष्टि भएपछि प्रशासन तातेको बताइन्छ ।

अनुगमनका क्रममा बिनादर्ता सञ्चालन गर्ने, यौनजन्य क्रियाकलाप गराउने, बालश्रमिकको प्रयोग गर्नेजस्ता क्रियाकलाप भेटिएको टोलीका एक सदस्यले जानकारी दिए । डिस्कोथेक र डान्सबारमा कम उमेरका कामदारलाई प्रयोग गरिएको बारेमा पनि निरन्तर निगरानी भइरहेको बताइन्छ ।

शान्ति सुरक्षा मिलाउन कठिन भएकाले रातभर सञ्चालन अनुमति सरकारले दिन सकेको छैन । केही समय अघि अमेरिकन डिजे मार्समेलो ल्याएर कार्यक्रम गर्ने भन्दै महँगोमा टिकट बेचेर ठगी गरेपछि दरबारमार्गको डेजाभु डिस्कोमा विवाद भएको थियो ।

विवाद कुटाकुटमा परिणत भयो । प्रहरीलाई सो क्लबको विवाद मिलाउन हम्मेहम्मे परेको थियो । ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) डिस्कोले पनि भारतीय गायिका नेहा कक्कर ल्याएर कार्यक्रम गर्यो । तर, क्षमताभन्दा धेरै टिकट बेचेर ठगी गरेको भन्दै प्रहरीले डिस्कोका सञ्चालकलाई कारबाही गरेको थियो । एलओडीमा दैनिक जसो झैझगडा हुने गरेको छ । ढिलासम्म सञ्चालन गर्न दिँदा यस्तो झगडा हुने गरेको छ । क्लब डेजाभु र एलओडी प्रतिनिधि घटना मात्र हुन् । अधिकांशमा जथाभावी कार्यक्रम राख्ने, महँगोमा टिकट बिक्री गरेको बताइन्छ ।

पछिल्लो समयमा रातभर खुल्ने गरेका ठमेल र दरबारमार्ग क्षेत्रका डिस्को, डान्सबार र खाजाघरका कारण चोरीका घटना वृद्धि भएर दिनप्रतिदिन प्रहरीलाई व्यवस्थापन गर्न कठिन हुँदै गएको छ ।

प्रहरी प्रशासनले तिनलाई नियमन गर्न निश्चित मापदण्ड बनाउन सकेको छैन । राति २ बजेसम्म सञ्चालन अनुमति लिएर ठमेलमा २४ घण्टा सञ्चालन भइरहेका डिस्कोमा फायर डिस्को थेक लाउन्ज बार प्रालि, ओजिज लाउन्ज एन्ड डिस्को प्रालि, सिनेट रेस्टुरेन्ट एन्ड लाउन्ज प्रालि, टकिला डिस्को एन्ड लाउन्ज प्रालि, इबिजा लाउन्ज एन्ड डिजे थेग प्रालि, सीएनआई क्लब प्रालि, फेसेस लाउन्ज रेस्टुरेन्ट प्रालि, लर्ड अफ द ड्रिक्स प्रालि (एलओडी), रिलोड बार, प्लेब्वाइज लाउन्ज प्रालि, जोमो लाउन्ज एन्ड डिस्को प्रालि, क्विन महल लाउन्ज एन्ड बार प्रालि, गितार लाउन्ज एन्ड बार प्रालि, एचटुओ लाउन्ज बार प्रालि, रिफ्रेस लाउन्ज एन्ड बारलगायत छन् ।

यस्तै राति १२ बजेसम्म सञ्चालन अनुमति लिएर २४ घण्टा सञ्चालित ठमेलका डान्स बार रेस्टुरेन्टमा डोको रेस्टुरेन्ट एन्ड लाउन्ज, नसा रेस्टुरेन्ट एन्ड बार प्रालि, बेबो रेस्टुरेन्ट एन्ड बार प्रालि, डान्सिङ याक रेस्टुरेन्ट एन्ड बार प्रालि, कट्टी रोल एन्ड बर्गर सेन्टर, डेली डोज फर्म, स्यान्डविच प्वाइन्ट सेन्टर, फेवारोधी क्लब प्रालि, हनी बिज डान्सबार प्रालि, लेटनाइट फुड कर्नर, बुद्धबार काठमाडौं रेस्टुरेन्ट प्रालि, स्यानबीच प्यालेस, ठमेल मार्ट, पोखरा दोहोरी नाच घर, दुनियाँ क्याफे एन्ड बार प्रालि, ड्रिंक हाउसटन एन्ड बार प्रालि, धुरी ग्यालरी लाइभ क्याफे, जिंक डान्सबार, नगरकोट दोहोरी डान्स कल्चर रेस्टुरेन्ट एन्ड बार प्रालि, दि निस्ट क्याफे प्रालि, रिफ रेस्टुरेन्ट एन्ड बार प्रालि र गाउँबेसी दोहोरीलगायत रहेका छन् ।

यस्तै दरबारमार्गमा १२ बजेसम्म अनुमति पाएका तर २४ घण्टा सञ्चालित रेस्टुरेन्ट र डान्सबार रहेका छन् । सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यी र यस्ता ठाउँलाई व्यवस्थित गर्नका लागि बेलैमा लाग्नुपर्ने देखिन्छ । यसो गरेमात्र भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकले आफूले भनेजसरी घुम्न पाउँथे कि ?

प्रतिक्रिया दिनुहोस्