बोक्सी लागेको भन्दै यातना दिने पक्राउ


बनियानी : झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने सोही स्थानकी ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीले यातना दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

“पीडित महिलालाई ज्वरो आएको रहेछ”, इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले भने, “उनीहरु (कुमारी र दिनेश)ले बोक्सी लागेको छ भन्दै यातना दिएको पाइयो ।” व्यक्तिगत रिसिइबीले पनि यातना दिइएको उनले बताए।

दर्जीले गत १९ गते रातको १०ः४५ बजे पीडित महिलालाई बोक्सी लागेको भन्दै पन्यू तताएर अनुहार र हातमा डामेका थिए । पीडित महिलाले प्रहरीमा जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए । पीडकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।थाइल्याण्डको बैंककमा

काठमाडौं : नेकपा (माले)ले महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरिएको

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालले भोली (शनिबार) मलेसियासँग खेल्दै प्रतियोगिताको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको

एजेन्सी : बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।