पूँजीवादको विश्लेषण गरिएको पुस्तक सार्वजनिक



भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिव डिपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ बजारमा आएको छ । अर्थ राजनीतिमा गहिरो अध्ययन गर्नुभएका नेता ढकालद्वारा लिखित उक्त पुस्तक बजारमा आएको बताइएको छ ।

उक्त पुस्तक अर्थ राजनीतिसँग चासो एवं सरोकार राख्ने बौद्धिक वर्गका व्यक्तिदेखि अध्येताहरुका लागि निकै उपयोगी मानिएको बताउँदै उनले अर्थराजनीतिका विद्यार्थीलाई निकै उपयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।

कूल ४०७ पृष्ठ रहेको पुस्तकमा समाजवादी राष्ट्र सोभियत सङ्घ, चीन र क्युवादेखि पूँजीवादी देश अमेरिका, स्वीट्जरल्याण्ड र भारतसम्मको अर्थ राजनीतिक विकासक्रमबारे स–विस्तार चर्चा गरिएको ढकालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्