प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न


बैतडी : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा १६७ आयोजना सम्पन्न भएका छन् । ती आयोजनाहरुमा घोडेटो र गोरेटो बाटो, प्रसूति सेवा केन्द्र, सार्वजनिक शौचालय निर्माणलगायत रहेका छन् । यो कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हजार १७ जनाले औसतमा १३ दिनको रोजगारी पाएको जनाइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दशरथचन्द नगरपालिकामा २५ आयोजना सम्पन्न भएका र ३४८ व्यक्तिले औसतमा २१ दिन रोजगारी पाएको रोजगार सेवा केन्द्रले जनाएको छ । यस्तै डिलाशैनी गाउँपालिकाका २१ आयोजनामा ३५० व्यक्तिले औसतमा १५ दिन रोजगारी पाएको तथा दोगडाकेदार गाउँपालिकाका नौ आयोजनामा ३५४ व्यक्तिले औसतमा १७ दिन रोजगारी पाएको रोजगार सेवा केन्द्रले जानकारी दिएको छ ।

यस्तै मेलौली नगरपालिकाका नौ आयोजनामा ३५८ जनाले औसतमा १७ दिन, पञ्चेश्वर गाउँपालिकाका आठ आयोजनामा १९३ जनाले औसतमा ३० दिन, पाटन नगरपालिकाका ३९ आयोजनामा एक हजार ३०० जनाले औसतमा आठ दिन र पुर्चौंडी नगरपालिकाका १७ आयोजनामा २४८ जनाले औसतमा ३० दिन रोजगारी पाएका रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पुर्चौंडी नगरपालिका पिसीसी बाटो, प्रसूति सेवा केन्द्र भवन, सार्वजनिक शौचालय निर्माणलगायतका काम सम्पन्न भएको उनले बताए ।

यस्तै शिवनाथ गाउँपालिकाका ११ आयोजनामा १४७ ले औसतमा २८ दिन रोजगारी पाएका छन् । यसैगरी सिगास गाउँपालिकाका १२ आयोजनामा ३३३ ले औसतमा १९ दिन रोजगारी पाएका छन् । जिल्लाको सुर्नया गाउँपालिकामा एक हजार ३८६ ले औसतमा चार दिन रोजगारी पाएको रोजगार केन्द्र सुर्नयाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।

काठमाडौं : विदेशमा कमाइ हुने आशाले विदेश जानका लागि चार वर्षसम्म भौतारिनु पर्दा नमिठो हण्डर

काठमाडौं : सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्।

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जथाभावी तालीम दिने एनजिओहरुलाई तह लगाउने

कमल ढकाल एउटा मान्छेले आफ्नो मात्र कथा बोक्दैन। सँगसँगै आफूसँग हिँडेको समयको पनि कथा बोकेको

जनकपुरधाम : पुस्तौँ देखि भोग चलन गर्दै आएको गाउँब्लकको जग्गा निर्वाचन आयोगको एक अधिकृतले पद

एजेन्सी : पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ । सोनम कपुरले बिहे

काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनफिङको भारत भ्रमणको मिति तय नहुँदा नेपाल भ्रमणको मिति पनि

परासी : श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ

जनकपुरधाम : लामो समय मौन देखिएका राष्ट्रि जनता पार्टी (राजपा)का वरिष्ठ नेता महन्थ ठाकुरले दुई

दाङ : दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण

काठमाडौं : मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ सरेको कारण हाल देशका मध्य