साधारणसभा सम्पन्न



काठमाडाैं : मध्यपुर थिमि–४, शङ्धरचोकस्थित शङ्धर बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष रामसुन्दर श्रेष्ठको सभापतित्व १२औँ साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाले नगरपालिकाका वडा नं ४, ५ र ६ मा बसोवास गरी विभिन्न पेशा–व्यवसायमा आबद्ध युवाको समूहको अगवाइमा शेयर पूँजी रु एक लाख ५० हजार र शेयर सदस्य ३० जनाबाट राष्ट्रिय विभूति शङ्धर साँख्वाःको नामबाट २०६४ कात्तिक १९ गते आर्थिक कारोवार शुभारम्भ गरेको थियो ।

सो संस्थाले विसं २०७६ असार मसान्तसम्म शेयर पूँजी रु तीन करोड ३८ लाख ५५ हजार दुई सय र शेयर सदस्य दुई हजार ९९८ बाट रु ३३ करोड ६२ लाख २८ हजार २०६ बचत सङ्कलन गर्न सफल भएको जनाएको छ ।

संस्थाको कार्यक्षत्र मध्यपुथ थिमिभित्रका सबै वडा, मध्यपुर नगरपालिकासँग जोडिएका साबिक बालकोट, दधिकोट, कटुन्जे, सिरुटार, सिपाडोल, गुण्डु, दुवाकोटलगायत छन् । संस्थाले मध्यपुरभित्र भएका विभिन्न संस्कृतिक संरचना संरक्षण तथा जगेर्ना गर्नमा पनि योगदान पु-याउँदै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

साधारणसभामा प्रमुख अतिथि प्रदेश नं ३ का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको नामसँग जोडिएका संस्थाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्