मैत्रीपूर्ण फुटबल खेलको उपाधि कर्मचारीलाई



जिल्लामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । रुक्मिणी रङ्गशाला रुकुमकोटमा सञ्चालन भएको निजामती कर्मचारी र जनप्रतीनिधिबीचको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीको समूहले जित हासिल गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीबीचमा भएको खेलमा कर्मचारीको समूह ७–१ ले विजयी भएको हो । सङ्घीयताले जन्माएको नयाँ जिल्ला रुकुमपूर्वमा पहिलोपटक कर्मचारी मिलन केन्द्रको स्थापना भएसँगै निजामती सेवा दिवस २०७६ को अवसर पारी कर्मचारी मिलन केन्दले फुटबलको आयोजना गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको अध्यक्षतामा भएको मैत्रीपूर्ण फुटबल खेलको उद्घाटन जिल्ला न्यायाधीश सनकचन्द्र लवटले खेलाडीलाई बल हस्तान्तरण र जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीले फुटबल हानेर उद्घाटन गरेका थिए ।

जनप्रतिनिधि र कर्मचारीबीचमा भएको मैत्रीपूर्ण फुटबल खेलमा सहायक प्रमुख जिल्ला अधिकारी श्रवनकुमार साह, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र विभिन्न कार्यालयका कर्मचारीको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्