विमानको बाथरूमभित्र एक जोडी, भलिबल खेलाडीले गरे भिडियो लीक (भिडियो सहित)



एजेन्सी : एक फ्लाइटमा केही महिला बाथरूम जान लागिरहेका हुन्छन् । त्यति बेलै एक जोडी बाथरूमबाट बाहिर आउँछन् । अमेरिकाका चर्चित भलिवल खेडाली स्टेफर्ड स्लिकले यो घटनाको भिडियो सार्वजनिक गरेका छन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । भिडियोमा देखिएअनुसार महिला र पुरुष दुवै जनाले एकै रङ्गका कपडा लगाएका छन् । उनीहरुले रातो पहिरन लगाएका छन् । 

स्टेफर्डले घटना कहिलेको हो र कुन फ्लाइटको हो भन्नेबारे केही पनि खुलाएका छैनन् । इन्स्टाग्राममा उनले भिडियो सार्वजनिक गर्दै पहिलोपटक फ्लाइटमा जोडी नै एकैपटक बाथरूमबाट बाहिर आएको देखेको जनाएका छन् । 

३४ वर्षिय भलिवल खेलाडीका अनुसार, केही महिलाहरु त्यतिबेला बाथरूम जानका लागि प्रतिक्षारत थिए । बाथरूमबाट त्यो जोडी बाहिर निस्कदा भने कसैले केही भनेनन् ।

प्रतिक्रिया दिनुहोस्