काठमाडौंबाट दिल्ली फर्किए भारतीय कांग्रेसका अध्यक्ष राहुल



तीर्थाटनका लागि भदौ १५ मा काठमाडौं हुँदै ल्हासा पुगेका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक सातापछि आइतबार सुटुक्क काठमाडौं भएर दिल्ली फर्केका छन् । उनी आइतबार दिउँसो करिब साढे दुई बजेको इन्डिगो एयरलाइन्सको उडानबाट दिल्ली फर्केका हुन् । उनी आठ रात तिब्बतमा बसेर नेपाल फर्केका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार अध्यक्ष राहुल आइतबार बिहान ल्हासाबाट काठमाडौं आएका थिए । उनले पशुपतिनाथ मन्दिर दर्शन गरे कि गरेनन् भन्ने पुष्टि हुन सकेको छैन । तर पशुपतिनाथ मन्दिर दर्शन गर्ने उनको पूर्ववत योजना रहेको थियो ।

दुई जना बेलायती पासपोर्टधारी भारतीय मूलका साथीसहित गान्धी दिल्ली फर्केका हुन् । उनी फर्केको थाहा पाएपछि एयर इन्डिगोका भारतीय यात्रीले तस्बिर खिचाएका थिए ।

गान्धी इन्डिगोको ६ इ ३२ उडानबाट अपरान्ह ३ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल दिल्ली अवतरण गरेका थिए । सर्वसाधारण नागरिक सरह उनले यात्रा गरेका थिए ।

यसअघि भदौ १५ गते काठमाडौं आएका राहुल २२ घण्टापछि १६ गते दिउँसो तिब्बतको ल्हासा गएका थिए । उनी एयर चाइनाको नियमीत उडानबाट ल्हासा उडेका हुन् । ल्हासा हुँदै कैलाश मानसरोवर पुगेर उनले भगवान शिवको दर्शन गरेका थिए । कैलाश दर्शनका तस्बिर उनको आधिकारिक ट्विटर एकाउन्टबाट सार्वजनिक भइसकेको छ ।

उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको साधारण प्रवेशबाट अध्यागमन जाँच गराएर गएका थिए । नितान्त धार्मिक भ्रमणमा आएका उनी आएर तिब्बत गएको धेरैले थाहा पाएनन् । सोहीअनुसार उनी साधारण नागरिकको हैसियतमा सुटुक्क दिल्ली फर्केका छन् ।

अध्यागमन कार्यालय विमानस्थल स्रोतका अनुसार राहुल डी ११२६६५० नम्बरको कूटनीतिक राहदानीमा आएका थिए । उनको राहदानी अगस्ट २९ मा राहदानी जारी भएको छ । २०१९ मे ३१ सम्म राहदानीको म्याद छ । राहदानीमा उनको जन्म मिति सन् १९७० जुन १९ तथा जन्मस्थान नयाँ दिल्ली उल्लेख छ ।

राहुल १५ भदौमा इन्डिगो एयरको उडानबाट अपरान्ह पौने २ बजे काठमाडौं विमानस्थलमा ओर्लेका थिए । उनी होटल ¥याडिसनमा बसेका थिए । काठमाडौं आएको साँझ उनले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा नेवारी खाजा खाएका थिए । काठमाडौंका एक रैथाने मित्रसँग उनले खाजा खाएका थिए ।

शुक्रबार राति उनी काठमाडौंका एक स्थानीय मारवाडी व्यवसायीसँग बौद्धनाथ स्तुपा घुमघाम गरेका थिए । उनी राति पाटन र स्वयम्भु पनि पुगेका थिए । बौद्ध स्तुपामा गान्धीले आफ्ना साथी र परिवारसँग तस्बिर खिचाएका थिए । राहुलले शाकाहारी भोजन खाएको कि मांसाहारी भन्ने बहस भारतीय टिभीमा भइरहेको छ ।

कर्नाटक चुनावताका वैशाख अन्तिम साता गान्धी हवाई दुर्घटनाबाट बालबाल बचेका बेला कैलाश मानसरोवर जाने भाकल गरेका थिए । भाकल पूरा गरेर उनी फर्केका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा