पत्रकार पुडासैनीकी पत्नी सम्झनाको पीडा बुझ्ने कसले ?



नेपोलियन चेपाङ

काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले गर्दा कतिपय व्यक्तिहरुले जागिर नै पाएका छन् भन्दा फरक नपर्ला । किनभने उनीहरुले सामाजिक सञ्जाल लगायत अन्य क्षेत्रमा जमेर बहस नै गरिरहेका छन् । मानौ उनीहरु पुडासैनीको मृत्युलाई शोकभन्दा पनि उत्सव मनाइराखेका छन् ।

अझ अहिले मृतक शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले सामाजिक सञ्जाललाई बहस, छलफल, गालीगलौज, अभद्रता र उच्छृंखलताले छपक्कै ढाकेको छ । सामान्य मानवीय संवेदना समेत चटक्कै बिर्सेर राष्ट्रिय मूलधारका सञ्चारमाध्यम समेत पक्ष÷विपक्षमा अनेक बान्की पारेर कथा लेख्न, लेखाउन सक्रिय रहेका छन् । अहिले यतिसम्म कि पुडासैनी पत्नी सम्झनाको पीडा र आँशुका भेल दुनियाँलाई रमिता बनिरहेको छ । यदि यस्तो पीडा आफ्नो परिवारमा आइपर्दा के गर्लान् यी चेतनाहीन मानिसहरु !

एक सचेत नारीको प्रेम खोस्न अर्की नारी किन मरिहत्ते गर्छे यथार्थको धरातल छाडेर ? के यो प्रश्न गहन थिएन र ? यसमा सम्झनाको लागि बोल्दिने को छ ? उनको मन, हृदय छियाछिया भएको छ भने आफ्नो बालापनको मायालाई सधैको लागि तिलाञ्जली दिनुपरेको छ । यसमा उत्सव मनाउ खोज्ने हामी कस्ता दानव ! हाम्रो मनमा र जीनवमा सम्झनाकै जस्तो घटना घटे हामी के गथ्र्यौ ? यो कुरा सोचनीय होईन र ? के हामीमा मानवता हराएर गएकै हो ?

सम्झना भर्खर एक बीस उमेर पार गरेकी छन् । उनले आफ्नो कलिलो मनलाई कसरी सम्हालिरहेका होला त्यो कसैले अड्कलबाजी गरेका छन् ? यि ढुन्धुकारीहरु सम्झनाको मन नबुझि उनको आँशुमा मजाक मनाइरहेछन् । साच्चैभन्दा उत्सव मनाइरहेका छन् । उनको दर्दना पीडालाई कसले बुझ्ने । यो समाज यति निर्दयी होला भन्ने सायद सम्झनाले कल्पना समेत गरेकी थिईनन् होला । शालिकरामका बा–आमा पनि यो हल्लाखल्लाबाट एकान्त गाउँतिर बस्दा पनि अछुतो रहन पाएका छैनन् । उनीहरुलाई पनि सामाजिक सञ्जालको सनसनीले हैरानीमा परिरहेको छ । आफ्नो सन्तानको वियोगलाई कसरी सम्हालिरहेका होलान त्यतातिर कसैको ध्यान गएको देखिदैन ।

शालिकराम पुडासैनी प्रकरण : सम्झनाले दिइन् रविविरुद्ध किटानी

आफ्नो सिउँदोको सिन्दूर मेटिदा न्यायालयको दैलोमा जाने कानुनी अधिकारको भीख माग्दै गर्दा आज दुनियाँ उनलाई अनेकौं लान्छना लगाउँदै उन्मादी गीत गाइरहेछ । यो कस्तो खालको स्वतन्त्रताको उपभोग हो ? यहाँ गाई मर्दा रुनेहरू, मान्छे मर्दा मजाक गर्छन् । कुकुरको मायामा पागल हुनेहरु मान्छेको आँशुलाई लाञ्छना लगाउँदै छन् । अस्मिताको कौमार्यको खेतीमा ओर्लिएका छन् एकथरी अधिकारकर्मीहरू जसलाई सम्झनाको प्रेम कथासँग केही मतलब छैन ।
खासमा शालिक–अस्मिताको प्रेमवियोगमा पागल भएको कथा कल्पनेहरू, सम्झनाको बालप्रेम खोस्ने उनको नियत के थियो ? खोज्न जरुरी छैन ? किन अस्मिताको मात्रै प्रश्न उठाइन्छ ? यता, पहिलो प्रेम त सम्झनाको खोसिएको थियो ।

एक सचेत नारीको प्रेम खोस्न अर्की नारी किन मरिहत्ते गर्छे यथार्थको धरातल छाडेर ? के यो प्रश्न गहन थिएन र ? यसमा सम्झनाको लागि बोल्दिने को छ ? उनको मन, हृदय छियाछिया भएको छ भने आफ्नो बालापनको मायालाई सधैको लागि तिलाञ्जली दिनुपरेको छ । यसमा उत्सव मनाउ खोज्ने हामी कस्ता दानव ! हाम्रो मनमा र जीनवमा सम्झनाकै जस्तो घटना घटे हामी के गथ्र्यौ ? यो कुरा सोचनीय होईन र ? के हामीमा मानवता हराएर गएकै हो ?

हरेक मान्छेको जिन्दगीका दुःख फरक हुन्छन् । त्यो दुःख र वेदनाले ल्याउने पीडाहरु त एकै हो नि जसलाई जस्तो पीडा परे पनि आखिर मान्छेको मन उही होनी । कोटे रगत रातै आउछ । आँशु सबैको आउछ । के एउटालाई रुवाएर आफू हाँस्दा संसार जितिन्छ र ?

यदि त्यो मानवता हराएकै हो भने अब जसले जे गर्दा नि हुन्छ ? उनलाई न्याय दिलाउनुको साटो दुखीरहेको घाउमा नुनखुसानी छर्किनु कतिको उचित काम हो ? यसतर्फ कसैले ध्यान दिनुपर्दैन ? सम्झनाको विषयमा कुरा गर्दा यी यस्ता कैयौ प्रश्नहरु जन्मिन्छन् तर उत्तर हात लाग्यो शून्यको अवस्था छ । सम्झनाको लागि मानवअधिकार भन्ने कुन चराको नाम हो भने जस्तै भएको छ अहिलेको अवस्थामा । यसलाई आम मानिसले कुन रुपमा बुझ्नुपर्ने हो ? त्यसतर्फ मानिसहरुको ध्यान गएको देखिदैन । केवल उनीहरुलाई सम्झना आँशुमा उत्सव मनाउन पाए हुन्छ ।

त्यसै स्व. सर्वमान्य नेता गणेशमान सिंहले नेपाली जनता भेडा भनेका होईनन् । उनले त्यतिखेरको अवस्थालाई चित्रित गरेर भनेका थिए । तर त्यो कुरा अहिले आएर पनि सान्दर्भिक देखिन्छ ।

सम्झनाका बुबा माओवादीतर्फबाट वडाध्यक्ष भएका थिए । तर, रेणु दाहाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तासँग साइनो जोडेर विषयान्तर गर्ने कुरा बहानाबाजी बाहेक केही होईन । यदि, सम्झनासँँग त्यही राजनीतिक हैसियत थियो भने उनको न्यायका लागि हजारौं उफ्रिन्थे । उनलाई न्याय दिलाउनको लागि सबैले साथ दिन्थे । उनी आफ्नो सिउँदो मेटेको कारण न्याय खोज्न आएकी थिइन् । तर, अहिले उनलाई न्याय दिलाउनको साटो समर्थन र लोकप्रियताको आडमा यस्तो दिग्भ्रमित छर्न पाइन्छ ?

हरेक मान्छेको जिन्दगीका दुःख फरक हुन्छन् । त्यो दुःख र वेदनाले ल्याउने पीडाहरु त एकै हो नि जसलाई जस्तो पीडा परे पनि आखिर मान्छेको मन उही होनी । कोटे रगत रातै आउछ । आँशु सबैको आउछ । के एउटालाई रुवाएर आफू हाँस्दा संसार जितिन्छ र ?

सबै कुरा थाहाँ पाउदा नि हामी किन यति निर्दयी बन्दैछौ । कतै मानिसमा चेतनास्तर नै सकिन लागको हो त ? मासिनले आफ्नालाई खुसी पार्दा अरुलाई कति चोट पुगेको होला त्यो महशुस गर्नुपर्ने हो । तर, त्यो कुरा सम्झनाको लागि लागू भएन । तर जे जस्तो भए पनि सम्झनाले न्याय पाउनुपर्छ । अन्तमा सम्झनाका लागि बलिदान फिल्मको गीत नै काफी छ जस्तो लाग्छ अहिलेलाई । ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन । गरिबको चमेली बोल्दिने कोही छैन ।’

प्रतिक्रिया दिनुहोस्