चेपाङको ठूलो चाड छोनाम न्वागी मनाइँदै



काठमाडौं : चेपाङ समुदायको महान् चाड छोनाम न्वागी धुमधाम रुपमा मनाइँदैछ । लोपोन्मुख जाति चेपाङको उद्गमस्थल मकवानपुरमा यो पर्वको रौनक र चहलपहल देखिएको छ । यो पर्वको अवसरका स्थानीय सरकारले चेपाङ बाहुल्य क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चेपाङ जातिको उद्गम क्षेत्र मकवानपुरको राक्सिराङ गाउँपालिकालाई मानिन्छ । चेपाङको सबैभन्दा ठूलो पर्व भनेको छोनाम न्वागी हो । छोनाम न्वागीको अवसरमा आइतबार राक्सिराङको चैनपुरमा विशेष न्वागी उत्सव कार्यक्रम गरिने नेपाल चेपाङ संघ मकवानपुरले जनाएको छ ।

न्वागीमा विशेष गरी नयाँ अन्न देवतालाई चढाएपछि एकआसपमा बाँडीचुँडी गरेर प्रसादका रुपमा ग्रहण गरिन्छ । त्यसपछि वर्षभरिका लागि पाकेको अन्न खाँदा कुनै पनि नराम्रो हुँदैन भन्ने जनविश्वास पनि रहिआएको छ ।

न्वागी पर्व कर्णाली प्रदेशका जनताले पनि धुमधामका साथ मनाउने गर्दै आएका छन् । त्यहाँ न्वागी पर्वलाई नयाँ वर्षको रुपमा लिने गरिएको पाइन्छ । तर कर्णालीमा न्वागी मतवाली क्षेत्रीका बीचमा धेरै लोकप्रिय छ । आजका दिन लोपोन्मुख चेपाङ समुदायले मनाउँदै गरेको न्वागी आफ्नै विशिष्टतासहितको छ ।

चेपाङहरु चेपाङ बाहुल्य क्षेत्रहरुलाई संरक्षित क्षेत्र घोषणा गरी विशेष कार्यक्रमहरु लागू गर्न सरकारसँग माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्