भद्रगोलको नयाँ एपीसोड, लाइकभन्दा डिस्लाइक धेरै



काठमाडौं : चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आएको छ ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने भद्रगोलको नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको भने देखिएन ।

भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर गत शुक्रबार भद्रगोल पुनः सुरू गरेको हो । न

याँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले ९नक्कली बाबुराम भट्टराई० र अशोक धिताल ९बाहुन डन०ले लिएका छन् ।

नयाँ एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी बुनिएको छ । साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन् ।

भद्रगोलको उक्त एपीसोड यूट्यूवमा छैटौं नम्बरमा भएपनि यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् । अहिले उक्त एपीसोडमा १६ हजार लाइक र १९ हजार डिसलाइक छ ।

यति मात्र होइन, यसमा आएका ११ हजार भन्दा बढी प्रतिक्रियाहरुमध्ये अधिकांश नकारात्मक छन् ।

प्रतिक्रिया दिनुहोस्