चन्द्रयान–२ सम्पर्क विहीन भएपछि सामाजिक सञ्जालमा चर्चा, कस्ले के लेखे ?



एजेन्सी : मिसन चन्द्रयान–२ लाई त्यो समयमा झड्का लाग्यो, जब चन्द्रमाको सतहमा पुग्न २.१ किलोमिटर पहिले लैंडर विक्रमबाट सम्पर्कविच्छेद भयो । यस घटनालाई लिएर बैज्ञानिकको कामको सराहना भइरहेको छ । साथै मिसन चन्द्रयान–२ को ताफिस समेत गरिएको छ ।

चन्द्रयान–२ लाई लिएर चौतर्फी प्रतिक्रिया आइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर विपक्षी नेतहरुमात्र नभएर बलिउडका चर्चित कलाकारहरुले समेत भविष्यमा सफलताको कामना गरेका छन् । बलिउडकर्मीहरुले बैज्ञानिकहरुको प्रयासलाई लिएर उनीहरुको कामको प्रसंशा गर्नुका साथै तारिफ समेत गरेका छन् ।

अमिताभ बच्चन

यसै क्रममा बलिउड महानायक अमिताभ बच्चनले ट्वीट गर्दै लेखेका छन्, ‘गर्व गर्ने विषयमा कहिल्य हारको सामना गर्नुपर्दैन । हाम्रो गौरव नै हाम्रो जीत हो । इसरो माथि गर्व छ । यो कहिल्यै थाक्नेछैन, कहीँ मोडिने छैन, न कहिल्यै थामिने छ ….. ।

अक्षयकुमार

अक्षयकुमारले ट्वीट गर्दै लेखेका छन्– ‘बिना प्रयास कुनै विज्ञान सफल हुँदैन । कहिले काहीँ हामी सफल हुन्छौं, कहिले काँही पाठ सिक्छौं । इसरोको शानदार दिमागको सलाम । हामीलाई गर्व छ र विश्वास पनि । चन्द्रयान चाँडै चन्द्रयान–३ का लागि बाटो तय गर्नेछ । हामी फेरि शिर ठाडो गर्नेछौं ।

शाहरुख खान

बलिउड अभिनेता शाहरुख खानले पनि चन्द्रयान–२ लाइि लिएर ट्वीटरमा लेखेका छन्– ‘धेरै समय हामी त्यो लक्ष्य पूरा गर्न सक्दैनौं, जहाँ हामीलाई पुग्नुछ । महत्वपूर्ण कुरा यो हो कि हामीले कोशिस ग¥यौं, भरोस र विश्वास कायम राखेका छौं । यही नै फाइनल डेस्टिनेशन होइन । इसरोको प्रयासप्रति गर्व छ ।’

लता मंगेशकर

स्वर कोकिलाको उपमा पाएकी गायिका लता मंगेशकरले यस विषयमा भनेकी छिन्‘ सम्पर्क टुटेको हो, संकल्प टुटेको छैन । साहस अझै बढी उचो छ । मलाई विश्वास छ, हामीलाई सफलता जरुर मिल्नेछ ।’

प्रतिक्रिया दिनुहोस्