महाशिलाको आफ्नै लगानीमा सडक कालोपत्र


पर्वत : कहिले गाउँका बेरोजगार युवालाई स्वयंसेवकको रूपमा नियुक्ति गरेर, कहिले बाँदर नियन्त्रण अभियान गरेर त कहिले सत्केरीलाई भाले र घ्यू दिने अध्यक्ष उपहार कार्यक्रम गरेर चर्चामा आएको यहाँको एक गाउँपालिकाले फेरि जिल्लामै नमूनायोग्य काम शुरु गरेको छ ।

प्रायः स्थानीय तहहरू सानातिना योजनामा बजेट विनियोजन गर्ने, ठूला योजना निर्माण गर्नुपरेमा प्रदेश वा सङ्घीय सरकारसँग बजेट माग गर्ने गरेको पाइन्छ । तर, पर्वतको महाशिला गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै लगानीमा ठूलो योजना शुरु गरेको छ ।

वडा नं ५ लुङ्खुदेउरालीदेखि वडा नं ४ पाखापानीस्थित गानावाङसम्मको सडक कालोपत्र गर्न थालेको हो । पाँच किलोमिटर सडक आफ्नै लगानीमा निर्माण गर्न थालेको हो । अहिलेसम्म पूरै कच्ची सडक मात्र रहेको उक्त गाउँपालिकामा पहिलोपटक गाउँपालिकाले सङ्घ र प्रदेशको मुख नताकी आफैँ बजेट विनियोजन गरेर सडक कालोपत्र गर्न थालेको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । उनका अनुसार शनिबारदेखि उक्त सडक कालोपत्रको काम शुरु गरिएको हो ।

रु छ करोड ४६ लाखको लागतमा निर्माण हुनलागेको उक्त योजनाको १८ महीनाको सम्झौता अवधि रहेको छ । सडक निर्माणको जिम्मा फेवा कन्स्ट्रक्सनले पाएको छ । विसं २०७७ मङ्सिरसम्म सम्पन्न गर्नुपर्ने सडक कालोपत्रको कामको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका छन ।

कार्यक्रममा मन्त्री बस्नेतले अबको पाँच वर्षभित्र गण्डकी प्रदेशका अधिकांश मुख्य–मुख्य ग्रामीण सडक कालोपत्र भइसक्ने बताए । उनले अबको समय विकास निर्माण र समृद्धिको भएकाले प्रदेश सकारले दीर्घकालीन महत्वका योजनालाई प्राथमिकता दिएको बताए । मन्त्री बस्नेतले तोकिएकै गुणस्तर र मापदण्डमा रहेर काम सम्पन्न गर्न आग्रह गर्दै यसमा जनप्रतिनिधिले निरन्तर निगरानी बढाउनुपर्ने बताए ।

आर्थिक विकासको पहिलो पूर्वाधार सडकनै भएकाले गुणस्तरीय सडक बनेपछि अन्य क्षेत्रको निर्माणमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । उनले काम गर्न सके कुनैपनि स्थानीय तहलाई बजेटको अभाव नहुने पनि बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले टुक्रे योजनालाई न्यूनीकरण गर्दै दीर्घकालीन महत्वका योजनामा बजेट केन्द्रित गरिएको बताउनुभयो । उनले उक्त सडक निर्माणपछि आगामी आर्थिक वर्षको बजेटमा यस्तै ठूला योजनामा बजेट विनियोजन गर्ने बताए । टुक्रे योजनामा बजेट विनियोजन गरेर काम धेरै देखाउनुभन्दा पनि थोरै तर दीर्घकालीन योजनामा बजेट विनियोजन गर्न गाउँसभाले नै निर्णय गरेको थियो ।

उक्त सडक निर्माणपश्चात दक्षिण पर्वतका पैंयु र विहादी गाउँपालिकाका साविकका एक दर्जनभन्दा बढी गाविसका बासिन्दालाई सदरमुकाम आउजाउ गर्न सहज हुने भएको छ । पर्वतको फलेवास नगरपालिकास्थित लमाएदेखि लुङ्खुदेउरालीसम्मको सडक पनि कालोपत्रको काम पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफैं सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना

पर्साः कोभिड नियन्त्रण तथा सर्वसाधारणको उपचारमा स्थानिय प्रशासन जिम्मेवार नबनेको भन्दै पर्साका विभिन्न राजनितिक दलका

काठमाडौंः नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा

काठमाडौं: पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कुल

जनकपुरधामः नेपालमा समेत दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै गएपछि महोत्तरीको गौशाला नगरपालिकाले एक हप्ताको लागि

काठमाडौं : एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ

चितवन : प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा थप अध्ययन गर्न आग्रह गरेका छन्

रुपन्देही कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देही रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी

जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । गत २४ घण्टामा थप

काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।काठमाडौं उपत्यका लगाएत