यी हुन् मेस्‍सीका उत्कृष्ट दश ह्‍याट्रिक



एजेनसी- बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीलाई विश्व रेकर्डको किताब भन्दा फरक नपर्ला । किनकी मेस्सीले विश्व क्लब स्तरिय प्रतियोगितामा शीर्ष क्लबहरु भन्दा बदि मुख्य उपाधि उचालि सकेका छन् । 

उनले विश्व फुटबलमा धेरै रेकर्डहरु बनाएका छन् । विश्व फुटबल इतिहासमा गोल मेसिनको रुपमा चिनीने मेस्सीले सायद त्यस्ता कमै मात्र खेल होलान जहाँ उनले गोल नगरेका होलान् । आफ्नो व्यवसाहिक फुटबको पुरै समय स्पेनिस लिग ला लिगामा बिताएका मेस्सी उक्त लिगका सर्वाधिक गोल कर्ता समेत हुन् । 

उनले क्लबका लागि मात्र हैनन् । आफ्नो देश अर्जेन्टिनाका लागि समेत ह्याट्रिक गरिसकेका छन् । मेस्सीले हालसम्म सबै खाले गरि ४० भन्दा बढी ह्याट्रिक गरेका छन् । यस रिपोर्टमा मेस्सीले गरेका १० ह्याट्रिकबारे हामी चर्चा गर्नेछौ । मेस्सीका उत्कृष्ट १० ह्याट्रिक ।


डेपोर्टिभोविरुद्ध- २०१८

अप्रिल २०१८ को मेस्सीको ह्याट्रिकले बार्सिलोनालाई २५ औं ला लिगा उपाधि सुरक्षित गर्न मद्दत गरेको थियो । लुइस सुआरेजको बक्समा एक चिप प्रहार पछि पहिलो पटक विल्ड-अपमा बक्स भित्र केहि अनौठो ड्रिपिङ गर्दै गोल गरेका थिए । मेस्सीले उक्त खेलमा ३८औं, ८२औं र ८५औं मिनेटमा गोल गरेका थिए । जुन खेल बार्सिलोनाले ४-२ ले जित हात पारेको थियो । 


अजाक्सविरुद्ध–२०१३

क्रिस्टियानो रानाल्डोले प्रतियोगिताको दिन पहिले तीन गोल गरे । मेस्सीले सायद महसुस गरेका थिए की उनले आफ्नो प्रतिद्वन्द्वीसँग बराबरी गर्नुछ । मेस्सीले यस खेलमा एक फ्रि-किकसँगै आफ्नो गोलको खाता खोले । उनले अजाक्स रक्षको गल्तिको फाइदा उठाउदै बक्सको किनाराबाट उत्कृष्ट प्रहार गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । जहाँ मेस्सीले आफ्नो ड्रिब्लिङ स्किल समेत देखाएका थिए ।


पानामाविरुद्ध-२०१६

मेस्सी जतिसम्भब हुन्छ पनामासँग आफ्नो सम्बन्ध टाढा राख्न चाहन्छन् । तर, यो ह्याट्रिक उनले गरेको सबै भन्दा उत्कृष्ट मध्येको एक हो । किनकी उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । पछिल्लो चोटबाट फर्के पछि मेस्सीले कोपा अमेरिकामा सेन्टेनारियोमा भएको नकआउटमा अर्जेन्टिनालाई सुरक्षित गर्न मेस्सीले तीन गोल गरे । उनले एक गोल बक्स भित्रबाट गरेका थिए भने दोस्रो गोल फ्रि–किक तथा तेस्रो गोल कर्नरबाट गरेका थिए ।


म्यानचेस्टर सिटीविरुद्ध-२०१६

जब पेपे गार्डिओलालाई यस खेल भन्दा पहिला सोधिएको थियो की उनी मेस्सीलाई यस खेलका लागि रोक्ने योजना बनाई रहेका थिए । सोहि अवस्थामा सबै हाँसेका थिए । सायद अर्नेन्टिनालाई चार बर्ष प्रतिबन्ध गरे पछि उनी जान्दथे की यस प्रकारका प्रतिभा भएको खेलाडी सबै योजना र तयारी व्यर्थ हुनेछ । 

मेस्सीको एकमात्र प्रयासका साथ आफ्नो यो पहिलो मिल्यो । विल्ली क्याबालेरोलाई आफ्नो दोस्रोको रुपमा कहि हेरेनन् । किनकी मेस्सीले ट्या–इन बनाएका थिए । जबकि नजिकबाट फेरी गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे ।

 


बार्यन म्युनिखविरुद्ध-२०१२

२०१२ मा बार्सिलोनासँगै मेस्सी पनि चम्के । यस खेलमा जर्मनिका एक एक खेलाडी अपरिपक्व साबित भए । बार्सिलोनाले खेल ७-१ ले जित्दा मेस्सीले पाँच गोल गरे । जो च्याम्पियन्स लिगमा पाँच गोल गर्ने पहिलो खेलाडी समेत बने । यस खेलमा कैयौ गोल डिफेन्डरको गल्तिका कारण मेस्सीले गोल गर्न सक्ष्यम भएका थिए । जहाँ मेस्सीले धेरै चाप्लुसी खेल प्रस्तुत गरेका थिए ।

 


रियल मड्रिडविरुद्ध-२०१४

मेस्सीले प्राय एल क्लासिको भिडन्तमा गोल गरिरहेका हुन्छन् । मेस्सीले सन् २०१४ को एल क्लासिको भिडन्तमा पनि ह्याट्रिक गरे । जुन खेलमा बार्सिलोनाले खेल ४-३ ले जितेको थियो । उक्त ह्याट्रिक पनि मेस्सीको चर्चित ह्याट्रिक मध्येमा पर्छ ।

 


पिएसभीविरुद्ध-२०१८

यसै सिजनको च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा बार्सिलोनाले पिएसभीसँग खेलेको थियो । पहिलो खेलमै मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जित निकाल्यो । र, मेस्सीले च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको किर्तिमान बनाए । 

मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई समेत पछि पारे । उनले पहिलो गोलको रुपमा गरेको फ्रिकिक गोल निकै उत्कृष्ट थियो । मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले यो सिजनको उपाधि जित्ने लक्ष्य बनाएको छ ।

इक्वेडरविरुद्ध-२०१७

सन् २०१८ को विश्वकप छनोटमा अर्जेन्टिना कठिन स्थितिमा पुगेको थियो । अन्तिम खेलमा अर्जेन्टिनाले इक्वेडरसाग खेल्दै थियो । तर, अन्तिम खेलमा मेस्सीले कमाल गरे । इक्वेडरविरुद्ध ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउन सफल भए । जुन ह्याट्रिकले निकै चर्चा कमायो । मेस्सीलाई महान खेलाडीको दर्जा समेत दिइयो ।

 


रियल मड्रिडविरुद्ध-२००७  

स्पेनिस ला लिगा अन्तर्गत सन् २००७ को सिजन मेस्सीले एल क्लासिको भिडन्तमा ह्याट्रिक गरे । मेस्सीले १९ बर्षको उमेरमा नै रियलविरुद्ध ह्याट्रिक गरेका थिए । मेस्सीले त्यसबेला  भर्खरै बार्सिलोनाको सिनियर टोलीमा स्थान बनाउदै थिए । 

मेस्सीले पहिलो हाफको १० औं मिनेटमा पहिलो गोल गर्दा २७ औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै खेलको ४६ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक गरेका थिए ।

 


आर्सनलविरुद्ध-२०१०

मेस्सीले गोल गर्छन भन्ने सबैलाई थाहै हुन्छ । सन् २०१० को च्याम्पियन्स लिग अन्तर्गत आर्सनलविरुद्ध पनि मेस्सीले गोल गर्न अड्कल काटिएको थियो ।  तर, मेस्सीले आर्सनलविरुद्ध सुपर ह्याट्रिक नै गरे । 

जुन ह्याट्रिक मेस्सीले गरेका ह्याट्रिक मध्ये शीर्ष पाँचमा अटाउने गर्छ । मेस्सीले पहिलो हाफमै ह्याट्रिक पुरा गरेका थिए । उनले खेलको २०, ३६ र ४१ औं मिनेटमा गोल गरेर ह्याट्रिक पुरा गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्