प्रेमिकाहरुको मन नदुखोस् भनेर एउटै मण्डपमा दुईजनासँग गरे विवाह, दाइजो पनि दिए


एजेन्सी : इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । यो विवाहको भिडियो र तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि चर्चाको विषय बनेको छ ।

मुश्लिम बाहुल्यता भएको देश इन्डोनेशियामा बहुविवाह सामान्य हो । कुरानका अनुसार एक मुस्लिम व्यक्तिले आफूसँग चार श्रीमती राख्न सक्छन् । इन्डोनेशियाली कानून अनुसार यदि जेठी श्रीमतीले यसको मञ्जुरी दिए पुरुषले एकभन्दा बढीसँग विवाह गर्न सक्छन् । यही कानूनको आधारमा यी व्यक्तिले आफ्ना दुई प्रेमिकालाई एकसाथ विवाह गरेका हुन् ।

भाइस इन्डोनेशियाले स्थानीय मिडियलाई उद्धृत गर्दै लेखेको छ, ‘म यी दुबैको मन दुखेको हेर्न सक्दिनँ त्यसकारण यी दुबैलाई विवाह गर्ने निर्णय गरेँ ।’

उक्त भिडियो अगस्ट १७ मा पोस्ट गरिएको थियो  । फोटो र भिडियोमा देखिए अनुसार दुलहा बीचमा बसेका छन् भने छेउछेउमा दुई दुलही छन् ।

इन्डोनेशियाको संस्कार अनुसार नयाँ दुलहाले आफ्ना दुई श्रीमतीलाई ०.७० डलर (लगभग ८० रुपैयाँ) दाइजो पनि दिए । आफ्नो दायाँ बसेकी श्रीमतीलाई उक्त रकम दिएर दुई जनालाई बाँड्न भने । फोटो र भिडियोमा गम्भीरदेखि रोचक र हास्यास्पद प्रतिक्रिया आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगन्ज– प्रदेश २ को एकमात्र महानगरपालिका वीरगन्जमा दुईदिन देखि फोहोर व्यवस्थापन नहुँदा पुरै शहर नै

जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५३ जिल्लामा

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८

सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही

दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११

काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।

विर्तामोड : रातभर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट बाहिर राखिएका झापाका २७ जना कोरोना

राँझा : बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना कोरोना सङ्क्रमित भएका वडाध्यक्ष अहिले आइसोलेशन केन्द्रमा छन

एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका