रक्सी खाएर यौन सम्पर्क गर्दा के हुन्छ ?(जानी राखौ)



एजेन्सी : रक्सी खाएर यौन सम्पर्क गर्दा बढी आनन्द आउछ भन्ने एक किसिमको भ्रम छ हाम्रो समाजमा । तर यो भ्रम मात्र हो । यौन सम्पर्क गर्दा मादक पदार्थ सेवनले अस्थायी रुपमा सकारात्मक परिणाम देखाएपनि दीर्घकालमा यसले नकारात्मक परिणाम देखाउन थाल्ने हुँदा सकेसम्म मादक पदार्थ सेवन गरेर यौन सम्पर्क नगर्नु नै राम्रो मानिन्छ । मादक पदार्थबाट निश्चय नै शक्ति पैदा हुन्छ । तर यसले पुरुष र महिलाबिच हुने भावनात्मक सम्बन्धमा भने कमि ल्याउछ ।

मादक पदार्थ सेवन गरेर यौन सम्पर्क गर्नेहरु यौन सम्पर्क मायाको उद्गार र आनन्दको स्रोत हो भन्ने कुरा बिर्सन्छन् । उनीहरु यौन सम्पर्क एक व्यवहार हो र जसलाई पूरा गर्नु कर्तव्य हो भन्ने ठान्छन । वास्तममा यौन सम्पर्क एक कला हो । यसमा पारंगत हुनका लागि व्यक्तिले भरपूर माया दिन र लिन जानेको हुनु पर्छ । यौन सम्पर्कलाई शरीरको क्रिया मात्र नठानी परस्पर आत्मियता बाढ्ने क्रिया ठान्नु जरुरी छ ।

रक्सीले व्यक्तिलाई तत्काल उत्तेजना ल्याउने काम बाहेक भावनात्मक काम गर्दैन । यौन सम्पर्क गर्दा एक व्यक्तिले मात्र मादक पदार्थ सेवन गरेको छ भने अर्कोलाई त्यसले सकारात्मक असर गर्दैन । यदी दुबैले मादक पदार्थ सेवन गरेकाछन् भने पनि यसले क्षणिक बेहोरीपन बाहेक वास्तविक यौन आनन्द प्रदान गर्न सक्दैन । तर कसहलेकाही कामबाट थाकेको अवस्थामा, कामको तनाव भएको बेला वा रमाइलोका लागि थोरै रक्सीले यौन आनन्दमा कमि ल्याउँदैन । 

प्रतिक्रिया दिनुहोस्