गोरखामा भदौमै मनाइँयो दसैं


काठमाडौं : दसैं आउन एक महिना बाकीँ छ । नेपाली पात्रोअनुसार असोज १२ गते घटस्थापनाको दिन जमरा राखिन्छ । २१ गते दसैं परेको छ । यहाँका केही समुदायले भने भदौ १४ गते जमरा राखेर आइतबार टीका र जमरा लगाइ दसैं मनाएका छन् ।

बिहान १० बजेको शुभ साइतमा सामूहिक रुपमा टीका लगाइएको सिरानचोक गाउँपालिका–४ छोप्राकको नेवा गुठी समाजका कुमार श्रेष्ठले बताए । पर्व सुधारअनुसार आइतबार दशमी परेको उनको बुझाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखिएको छ ।

गुठी समाजमा आवद्ध ४८ घरले मकै र जौको जमरा १४ भदौमा राखेका थिए । ‘अस्ति अष्टमी राँगो काट्यौं, हिजो नवमी पूजा गर्‍यौँ, आज दसैं मनाएका हौँ,’ उनले भने । २०६९ सालयता एक महिनाअघि दसैं मनाउन थालेको उनले बताए । ‘खगोल विज्ञानलाई आधार मान्दा २४ घण्टाको एक दिन भनिए पनि ३ दशमलव २७ सेकेण्ड अपुग हुन्छ, दिनदिनै समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुन्छ, २०७६ सम्म आइपुग्दा २४ दिन अघि सरिसक्यो,’ उनले भने, ‘गणितीय र तिथिको हिसाबले दसैं आजै पर्छ ।’

विभिन्न कारणले तिथिहरु एक महिना अघि सरेको भन्दै पर्व सुधारका लागि यहा अभियान चल्दै आएको छ । अबको दसैं सामान्य तवरले मानिने स्थानीय बताउँछन् । ‘सुरुका वर्षमा नौलो लाग्थ्यो, मान्दै आएपछि सहज भएको छ,’ उनले भने, ‘अब आउने दसैं सामान्य तवरले मान्छौं, अहिलेको जस्तो धुमधाम हुँदैन ।’

सिरानचोक गाउँपालिकाको श्रीनाथ मण्डलीमा पनि सय स्थानीय भेला भएर आइतबार सामूहिक रुपमा टीका र जमारा लगाइ दसैं मनाएको उनले बताए । पर्व सुधारको नाउमा छोप्राकका अधिकांश विद्यालयहरुमा पनि भदौरे दसैं मनाइयो । टीका र जमरा थाप्न लाइनवद्घ विद्यार्थीहरु भने पर्व सुधारको बारेमा अनविज्ञ थिए । चोरकाटेको धर्मावती माविमा लाइनबद्ध विद्यार्थीलाई शिक्षकले टीका र जमरा लगाए । प्रसादको रुपमा जेरीपुरी बाडेँ । ‘पर्व सुधारको क्यालेन्डरअनुसार आज दशमी तिथि परेको थियो,’ विद्यालयका प्रध्यानाध्यापक भरत पोखरेलले भने,‘यसरी सामूहिक दसैं २०६९ सालबाट मनाउन थालेका हौँ ।’

गोरखा सदरमुकामको राधावलेश्वर मन्दिरमा पनि स्थानीयले टीका र जमरा लगाए । पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति सदस्य सचिव हरि मल्लको सुझावमा विगत ७ वर्षदेखि यही समयमा यहाँका स्थानीयले दसैं मान्दै आएका छन् ।

हरेक २१५० वर्षमा ऋतृ एक महिनाअघि सर्ने हुँदा हाल चलिरहेको पात्रोअनुसार सूर्य उत्तरायण र दक्षिणायन हुने तथा ऋतु पनि एक महिनाअघि सरेर परिवर्तन भएकाले अभियान चलाएको श्रेष्ठले बताए । ऐतिहासिक मितिबाहेक तिथि महिना दिन अघि सर्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनलाई लिएर नागाबाबाहरु आक्रोशित भएका छन् । आज (आइतबार)

काठमाडौं : तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । झापाको

काठमाडौं : देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपालले

काठमाडौं : गत शुक्रबारको तुलनामा आज (आइतबार) सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ

तनहुँ : दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउने भएपछि

हेटौँडा : प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका

काठमाडौं : दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने

एजेन्सी : आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै एक परिवारले एक युवतीको हत्या गरेका छन्

काठमाडौं : सरकारी जग्गा खाली गर्न दिएको १५ दिने अल्टिमेटम सकिएलगत्तै काठमाडौं महानगरपालिका–३१ तीनकुनेस्थित जागृतिनगरमा

काठमाडौं : जति मानिसहरु शिक्षित हुँदै गएका छन् उति नै अशिक्षित भएका छन् । कारण

काठमाडौं : चौथों संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले हात पारेको