‘पोई पर्यो काले’को शिर्ष गीत सार्वजनिक



काठमाडौं : चलचित्र ‘पोई पर्यो काले’को शिर्ष गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, नृपेश उप्रेतीको शब्द, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोलाई निकै आकर्षक बनाइएको छ ।

गीतको भिडियोमा नायक सौगात मल्ल, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, नायिका श्रृष्टी श्रेष्ठको साथमा कलाकारद्धय सुरक्षा पन्त र सोहित मानन्धरलाई देख्न सकिन्छ ।

शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपालीको लगानी रहेको चलचित्र कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्