प्रहरी जवान घुस रकमसहित रंगेहात पक्राउ



वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साको सहायता कक्षमा कार्यरत प्रहरी जवान घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले प्रहरी जवान गम्हीरा साह तेलीले सेवाग्राहीसँग ५ हजार घुस लिइरहेको अवस्थामै रंगेहात पक्राउ गरेको हो ।

वीरगञ्जको माईस्थान मन्दिर अगाडि रहेको भरत दही एण्ड स्वीट्स पसलमा सेवाग्राहीसँग जबरजस्ती घुस वापतको रकम असुली गरिरहेको विशेष सूचनाको आधारमा प्रहरी जवान गम्हीरालाई अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ परेको साहलाई स्थानिय वडा अध्यक्ष ध्रुव प्रसाद नेपालको रोहबरमा मुचुल्का उठाई घुसको रकमसहित आवश्यक अनुसन्धानको लागि आयोगको कार्यालय हेटौँडा लगिएको आयोगका शाखा अधिकृत कृष्ण सुवेदीले बताए ।

पक्राउ परेका प्रहरी जवान साह जिल्ला प्रहरी कार्यालयको सहायता कक्षमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्