९० वटा कुकुरको खुट्टा र मुख बाँधिएको अवस्थाको लाश फेला परेपछि…



एजेन्सी : भारतको महाराष्ट्रस्थित बुलढाना जिल्लामा ९० वटा भुस्याहा कुकुरको खुट्टा र मुख बाँधिएको अवस्थामा लाश फेला परेको छ । 

आइतवार गाउँलेहरूले यसको सूचना दिएपछि वन विभागले कुकुरका लाश नियन्त्रणमा लियो । प्रहरीका अनुसार, लगभग १०० वटा कुुकुरका लाश फरक फरक ठाउँबाट बरामद गरिएका थिए र तिनमा ९० वटा मृत थिए । 

वन विभागका एक अधिकारीले कुकुरहरूको लाश बुलढानाको गिरदा–सावलदाबारा सडकमा फरक फरक ठाउँमा भेटिएको बताए । पाँच ठाउँमा १०० वटा भुस्याहा कुकुरलाई बाँधेर सडकमा फ्याँकिएको थियो । तीमध्ये १० जीवित थिए भने बाँकीको मृत्यु भइसकेको थियो । 

कुकुरहरूको लाश सडेर गनाउन थालेपछि घटना सार्वजनिक भएको अधिकारीको भनाइ छ । खबर पाएपछि वन विभागका कर्मचारी घटनास्थलमा पुगे अनि जीवित कुकुरहरूलाई मुक्त गरे ।

प्रतिक्रिया दिनुहोस्