हसंपुर नगरपालिकाको केन्द्र विवाद : एकको ज्यान गयो, उग्रबन्दै विवाद



जनकपुरधाम : धनुषाको हसंपुर नगरपालिकाको केन्द्र विवादको विषयले उग्ररुप लिएको छ । नगरपालिकाको केन्द्र विवादको विषयले एक जनाको ज्यान समेत लिएको छ । हंसपुर नगरपालिका २ बस्ने तपेश्वर मण्डलको गत भदौ १८ मा मृत्यु भएको छ ।

केन्द्र विवादको पक्षर विपक्षमा नगरपालिकाका पदाधिकारीहरुसमेत विभाजित बनेका छन् । यो विवादमा केन्द्र सार्ने पक्षको नेतृत्व मेयर रामज्ञान मण्डलले गरिरहेका छन् भने केन्द्र साबिक स्थानमै राख्ने पक्षको केन्द्र उपमेयर रेणु झाले गरेकी छन् । मेयर मण्डल बेल्हिचोकमा नगरपालिकाको केन्द्र सार्न चाहन्छन् भने उपमेयर झा साविककै बघचौडामा केन्द्र कायम गर्न चाहन्छिन् ।

राष्ट्रिय जनता पार्टी (राजपा)बाट मेयर र उपमेयरमा निर्वाचत भएका मण्डल र झाबीच कुरा नमिल्दा राजपाभित्रै अन्यौलता बढेको छ ।

केन्द्र विवादका विषमा पटक–पटक दुई पक्षबीच झडप पनि हुन पुगेको छ । झडपमा धेरै घाइते समेत भएका छन् । झडपमा मृत्यु भएका मण्डलको विषयलाई लिएर दुवै पक्षले एक–अर्का प्रति दोष लगाइरहेका छन् ।

हाल हसंपुर नगरपालिकाको कार्यालय हसंपुर नगरपालिका २ मा पर्ने बघचौडा समग्र नगरवासीको लागि अपायक भएको भन्दै मेयर पक्षीय नगरवासीले विरोध गर्दै आएका छन् भने उपमेयर झा पक्षले साविकै स्थान उपयुक्त भएको बताउँदै आएका छन् ।

मेयर मण्डलले भौतिक सरंचना नहुँदा नगर विकासका लागी आएका दातृ निकायहरु पनि कार्यालय हेरेपछी फर्कदा नगरपालिकाको विकासमा बाधा पुगिरहेको बताउछन् ।

वडा नम्बर ९ का अध्यक्ष नरेश कुमार मण्डल भन्छन्–वडाका जनताले नगरपालिको कार्यालय टाढा भो भनेर दिनै पिच्छे कराउँछन् । वेल्हिचोकमा नगरपालिकाको केन्द्र भए सबैलाई उपर्युक्त हुन्थ्यो ।

हसंपुर नगरपालिका वडानम्बर ८ का वडा अध्यक्ष जीवछ मण्डलले पनि नगरपालिकाको कार्यालय टाढा भएकोले जनताको हप्कि खानु परिरहेको छ ।

हसंपुर वडा नम्बर ६ र ७ का वडा अध्यक्षद्य मथुरा चौधरी र रामसेवक मण्डलको गुनासो पनि माथीका वडाअध्यक्षहरुको जस्तै छ । मथुरा भन्छन् , नगरपालिकाको कार्यालय वेल्हिचोक सार्न वडाका जनताले दवाव दिईरहेका छन् , मेयर साव पोजेटिभ भए पनि उपमेयर साव सार्ने मनस्थितीमा अझै हुनुहुन्न ।

उता एनएमबी बैकं, प्रहरी चौकी र कलेज समेत रहेको नगरको वेल्हिचोक नगरवासीको प्रमुख बजार पनि मानिन्छ ।

त्यसैले नगरपालिका कार्यालय वेल्हि सार्नु पर्ने माग गर्दै आमरण अनसन समेत बसिसकेका हसंपुर वडा नम्बर ३ का वडा अध्यक्ष उदय सिहं भन्छन्– वेल्हिलाई नगरपालिकाको केन्द्र बनाउन जनताको माग छ ।

स्थानियवासीका अनुसार, वघचौडा उपमेयर रेणु झाको घर हो । त्यसैले उपमेयर झा वघचौडाबाट नगरपालिकाको कार्यालय सार्न मानिरहेकी छैनन् । त्यसैले कुनै पनि हालतमा उपमेयर रेणु झा कार्यालय सार्न दिने पक्षमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्