धनुषामा बहूअायामिक तालिम केन्द्र स्थापना हुन्छ: मन्त्री यादव



काठमाडाैं । धनुषा जिल्लामा बहूअायामिक तालिम केन्द्र स्थापनाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मातृका यादवले पहल गरेका छन् । वैदेशिक राेजगारका लागि देशकै सबैभन्दा बढी युवा पलायन हुने धनुषामा अब बहुअायामिक तालिम केन्द्र स्थापना हुँदा युवाहरुलार्इ सिप मूलक तालिम दिएर दक्ष बनाउन मद्दत पुग्नेछ । 

 

मन्त्री यादवले शनिबार अाफ्नाे फेसबुक पेज मार्फत धनुषाधाम नगरपालिकामा साे तालिम केन्द्र स्थापना गर्ने सैद्धान्तिक छलफल भएकाे बताएका छन् । उनले लेखेका छन्, ' भारतका पेट्रोलियम तथा न्याचुरल ज्ञास मन्त्री माननीय श्री धर्मेन्द्र प्रधान लगायत हाम्रो टीमले धनुषाधाम भ्रमण, जानकी मन्दिर अवलोकन (मिथिलाको उत्पादन “मखान” खाजाको रुपमा ग्रहण गर्‍याैं) तथा मोतिहारी-अमलेखगन्ज पाइपलाइनको अमलेखगंज खण्डको कार्य प्रारम्भ गर्‍याैं । पाइपलाइनको कार्य तीव्र गतिमा भइरहेको छ। नेपाली जनतालाई सहज रूपमा इन्धन उपलब्ध गराउन हामी प्रतिबद्ध छौं।'

 

संघ र प्रदेशबीचको समन्वय बढाएर कार्यक्रममा स्पष्टता ल्याएर देशमा औद्योगिक क्रान्तिको जग बसाल्नुको विकल्प नरहेकाे उनले पटक पटक बताउँदै अाएका छन् ।

 

मन्त्री यादव अाफूहरु अघिल्लाे सरकार जस्ताे निरिह नबस्ने बताउँदै अाएका छन् । उनले चितवनसम्म नै भारतिय पेट्राेलियम पाइपलार्इन पुर्‍याउने सहमति भएकाे यसअघि नै बतार्इसकेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्