जलेश्वरमा ४ सय घर शौचालय विहीन



जनकपुरधाम : महोत्तरी जिल्लाका एक लाख ११ हजार ३४ परिवारमध्ये जलेश्वर नगरपालिका भित्रका करिब ४ सय घरमा शौचालय विहीन गरको छ ।

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र पूर्ण खोप जिल्ला समन्वय समितिले यस्तो तथ्यांक सार्वजानिक गरेको हो ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये सदरमुकाम रहेको जलेश्वर नगरपालिका नै खुला दिसामुक्त र पूर्ण खोपयुक्त बन्न नसक्नु दुःखद विषय भएको यहाँका वुद्धिजिवीहरुले टिप्पणी गरेका छन् ।

पछिल्लोपटक जिल्लाको लोहारपट्टी नगरपालिका हिजो आइतबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएसँगै जिल्लाका १४ स्थानिय तह खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्र बनेको छ । अब जिल्लामा जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरपालिका मात्र खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा हुन् बाँकी छ ।

दुवै समितिले भदौ महिनाभित्रै जिल्ला नै खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा गरिसकिने जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्