सिरहा विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ



लहान : नेपाल विद्युत प्राधिकरण सिरहामा कार्यरत कर्मचारी घुससहित पक्राउ परेका छन् ।

सोमबार दिउँसो २ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले विद्युत प्राधिकरण सिरहामा कार्यरत कर्मचारी छेदीलाल साह सोनार पक्राउ गरेको हो ।

एक व्यक्तिलाई विद्युत प्राधिकरणमा जागिर लगाईदिने भन्दै साहले विष्णुपुर १ स्थित एक होटलमा ८० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारले रंगेहात नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि बर्दिवास लैजाने तयारी भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्