एनाकोन्डा र गोहीबीच भयानक भिडन्त, कसले जित्यो ?



एजेन्सी : अमेजन जंगलमा २९ फीट लामो एनाकोन्डा र गोहीबीच भयंकर भिडन्त भएको छ । यस भिडन्तको तस्वीर वन्यजन्तु फोटोग्राफर केभिन डूलीले खिचेका हुन् । एनाकोन्डाले काइम्यान प्रजातिको गोहीसँग भिडन्त गरेर त्यसलाई मारेको हो । 

६ फीट लामो काइम्यानलाई ज्यान खुस्किने गरी बेरेर एनाकोन्डाले आफ्नो भोजन बनाएको थियो । एनाकोन्डाले काइम्यानका सबै खुट्टा भाँचिदिएको थियो । त्यसक्रममा काइम्यानले प्रतिकार गर्दै सर्पलाई टोकेको थियो । भिडन्तपछि एनाकोन्डा घस्रिँदै गएको फोटोग्राफरले बताए अनि त्यसअघि नै काइम्यान मर्‍यो । 

अमेरिकाको न्यु मेक्सिकोमा बस्ने डूलीले भने, ‘घटना हुँदा म डुंगामा बसेर दिवाभोजन गरिरहेको थिएँ । छप्ल्याङछुप्लुङ आवाज आएपछि हेर्दा काइम्यान पीडामा परेको देखें । एनाकोन्डाले काइम्यानलाई बेस्सरी च्याप्यो अनि त्यसका सबै खुट्टा भाँचिदियो ।’दुई प्राणीबीच भिडन्त हुँदा आफू ३० फीट पर रहेको डूलीले बताए । आठ मिनटभित्र घटना भएको उनले बताए । यस्तो दृश्य दुर्लभै देख्न पाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्