‘काले दाई’को ट्रेलर सार्वजनिक



काठमाडौं : १७ असोजबाट प्रदर्शनमा आउने फिल्म ‘काले दाई’को ट्रेलर सार्वजनिक गरिएको छ । बिजयादशमीको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर कमेडी, एक्सर र रोमान्स मिश्रित छ । प्रोमो हेर्दा फिल्मले सैनिकको कथा अठाउको अनुमान लगाउन सकिन्छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म शिव शर्माले निर्देशन गरेका हुन् । यसको निर्मातामा शम्शेर गुरुङ र ईन्द्र रामजाली रहेका छन् । ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठ लगायतको अभिनय रहेको फिल्मको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । 

पवन गौतमको छायाँकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्