आजको राशिफल : भाद्र २४ गते, मंगलबार



आज – २४ भाद्र २०७६ मंगलवार को राशिफल
काठमाडौंमा सूर्योदय ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान ३१ घडी ०६ पला । वामन द्वादशी (वामन जयन्ती। दही दान। इन्द्रध्वज उत्थान गर्ने दिवस।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक कारोवारमा मन्दी आउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । महत्वत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला,साहित्य एवं संगीतमा रुचि बढ्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । चुनौतीको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रमाइलो यात्राको योग रहेको छ । रमणीय र सुखद् यात्राको योग छ । कला,साहित्यमा रुचि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्