‘जय भोले’को प्रचारका लागि नायिका स्वस्तिमा खड्का विभिन्न कलेज धाउँदै



असोज ३० गते फूलपातिबाट रिलिज हुन लागेको चलचित्र ‘जय भोले’को प्रचारका लागि नायिका स्वस्तिमा खड्का विभिन्न कलेजमा पुगिरहेकी छिन् । स्कुलका विद्यार्थीहरुसँग साक्षात्कार गर्दै यसको निर्माणपक्षले चलचित्रको बारेमा जानकारी दिइरहेको छ ।

 

चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, नायिका स्वस्तिमा खड्का, निर्माता तथा निर्देशक अशोक शर्मा लगायतको टिमले अहिले स्कुल तथा कलेजमा पुगेर विधार्थीहरुसँग साक्षात्कार गर्दै आएको छ ।

चलचित्रका कलाकारले ३ दिनमा करिब दर्जन कलेजमा पुगेर चलचित्रको बारेमा साक्षात्कार गरेका छन् । विद्यार्थीहरुले चलचित्र हेर्नका लागि आफूहरु उत्साहित रहेको बताएका थिए ।

 

स्कुल कलेज यात्राका क्रममा चलचित्रबारे विधार्थीहरुलाई हाजिर जवाफ कार्यक्रममा सहभागी गराई पुरस्कार समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्