घट्यो सुनको मूल्य



काठमाडौं : मंगलबार (आज) सुनको मूल्य ओरालो लागेको छ । तोलामा ७०० का दरले सुनको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी तोलामा ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्