शैक्षिक अवस्था सुधार्न स्थानिय तहको बहस सुरु


जाजरकोट : शैक्षिक अवस्था सुधार गरी समृद्ध जाजरकोट निर्माण गर्ने उद्देश्यले स्थानीय तहले शैक्षिक बहस कार्यक्रम शुरु गरेका छन् ।

विद्यालयमा विद्यार्थीको दर बढाउने र सिकाइ उपलब्धि भारी बढाउने उद्देश्यले जिल्लाको भेरी नगरपालिकाले आफ्ना माताहातका सबै विद्यालयका प्रधानाध्यापक र सरोकोरवाला निकायसँग संयुक्तरूपमा अन्तक्र्रिया गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाई राज्यको लगानीलाई परिणाममुखी बनाउनका लागि सबै चिन्तित हुनुपर्ने भन्दै सरोकारवाला निकायले चासो व्यक्त गर्नुपर्ने बताए । नगरपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई बैठकमा सहभागी लगाएर समस्या कहाँ र केमा छन् भनी सुन्ने र त्यसको समाधान खोज्ने कुरामा केन्द्रित रहेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।

उहाँले सबैले आफ्नो जिम्मेवारी इमान्दरिताका साथ निर्वाह गर्ने हो भने शिक्षाको गुणस्तर बढाउन सजिलो हुने बताउँदै यहाँका सबै विद्यालयलाई प्राविधिमैत्री बनाउनका लागि लगानी थप्दै जाने निर्णयसमेत भएको जानकारी दिनुभयो । “बढ्दो प्राविधि र आधुनिकतालाई मध्यनजर गरी कम्प्युटर प्राविधिबाट पढाइ शुरु गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार लगानी गरी शिक्षक दरबन्दी आवश्यकता आधारमा थपघट गर्ने नीति नगरपालिकाको छ ।”

त्यस्तै कुशे गाउँपालिकाले शैक्षिक अन्तक्र्रिया गर्दै १५ बुँदे घोषणापत्र नै सार्वजानिक गरेको छ । शिक्षा समन्वय एकाइको बजेटबाट १० र गाउँपालिकाको आर्थिक अनुदानबाट १६ गरी २६ विद्यालय भवन निर्माण गरिएको अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।

शैक्षिक क्षेत्रमा एउटा बच्चालाई गरिएको लगानीको प्रतिफल १५ वर्षपछि मात्र देखापर्ने बताउँदै उहाँले शैक्षिक क्षेत्रमा देखिएका राजनीतिक हस्तक्षेपलाई अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । शैक्षिक सुधार गर्न गाउँपालिकाले निर्माण गरेको शिक्षा ऐनले पनि सहयोग गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । गाउँपालिकाको शिक्षा तथा खेलकूद विकास शाखाका प्रमुख मानबहादुर गिरीले गाउँपालिकाभित्रको परीक्षा प्रणालीलाई सुधार गर्नुपर्ने धारणा राख्नुभयो । शैक्षिक सुधारमा ६८ प्रतिशत जिम्मेवारी शिक्षककै हातमा रहेको उल्लेख गर्दै बताउँदै प्रमुख गिरीले शैक्षिक सुधारमा ३२ प्रतिशत जिम्मेवारी सरकार र अभिभावकले पूरा गर्नुपर्ने बताउनुभयो ।

जुनिचाँदे गाउँपालिकाले पनि सबै प्रधानाध्यापकलाई एक ठाउँमा राखेर बृहत शैक्षिक अन्तक्र्रिया गरेको छ । विद्यालयमा देखिएका समस्या हल गर्न यस्तो गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । नपढाएर खाने र कामचोर जो कोही भए पनि कारवाही गरिने उहाँको भनाइ छ । यहाँका स्थानीय तहले मासिकरूपमा अब शिक्षकलाई तलब खातामै जम्मा गरिदिने निर्णयसमेत गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल–चीनको कम्युनिष्ट बिचारका बारेमा बृहत्त छलफलको आयोजना हुँदैछ । नेकपाले अवलम्बन गरेको जनताको

धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा देखाउनुका साथै

महोत्तरी : जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको

पोखरा : सर्वाधिक महत्वका साथ हेरिएको कास्की–२ को उपनिर्वाचनको चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

वीरगञ्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं समाजवादी पार्टी नेपालका नेता प्रदीप

सप्तरी : राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार

फिक्कल : इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम

धादिङ : दसैं-तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च

काठमाडौं : बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण सम्झौता (सोमबार) हुने भएको छ। सरकार र जापानी कम्पनी

काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको