ओलीले निम्तो दिएपछि मोदीले के भने ?



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ले भिडियो कन्फरेन्समार्फत बहुप्रतिक्षित अमलेखगन्ज पाईपलाईनको उदघाटन गर्दै सम्बोधन समेत गरेका छन् ।
सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग आफूले हातमा हात मिलाएर काम गर्न चाहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने – नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित नरहेको बताउदै द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको छ । नेपाल – भारत सम्बन्धमा पाईपलाईनको उदघाटनले नयाँ आयाम थपेको छ । यसले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको छ ।
प्रधानमन्त्री ओलीले विगतका सफल भ्रमणको स्मरण गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तासमेत दिएका छन् ।
‘नेपाल र भारतबीचको समझदारी यति गाढा छ कि यसमा कुनै पनि क्षेत्र छुटेका छैनन्’ उनले भने । पछिल्लो समय नेपाल र भारत दुबैमा बलियो र स्थिर सरकार रहेको भन्दै प्रधानमन्त्री ओलीले दुबै देश उदाउँदो अर्थतन्त्र र सक्षम युवा जनशक्ति साझा विशेषता भएको बताए ।
यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकता अनुसार विकासमा सहयोग गर्ने प्रतिवद्धता दोर्होर्याएका छन् । यसका साथै प्रधानमन्त्री ओलीले दिएको निम्तोपछि उनी आफू छिट्टै नेपाल आउन चाहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार्दै मोदीले छिट्टै आउने बचन पनि दिए । ‘छिट्टै नेपाल आउने प्रयास गर्नेछु,’ उनले भने । यस्तै उनले प्रधानमन्त्री ओलीको स्वास्थलाभको कामना गर्दै अभुतपूर्व सक्रियताको प्रशंसा गरे ।
उनले नेपाल भारत पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्समार्फत उद्घाटनपछि सम्बोधन गर्दै आयोजनामा अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुसी व्यक्त गरे । उनले नेपाल भारत सहयोगका परियोजनाहरुको काम पनि सन्तोषजनक रहेको बताए ।

दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्री ओलीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने – यसले आपसी विश्वास पक्का भएको छ र परस्पर हितका विषयमा समझदारी अझ मजबुत भएको छ ।’

प्रतिक्रिया दिनुहोस्