उत्तर कोरियाद्वारा हतियार परीक्षण


एजेन्सी : उत्तर कोरियाले मंगलबार दुई वटा साना क्षेप्यास्त्र पूर्वी कोरियाली द्वीपमा परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । संयुक्तराज्य अमेरिकासँग वार्ताका लागि आह्वान गरेको केही घण्टा नतिब्दै उत्तरले नयाँ हतियार समुद्री तटतर्फ प्रहार गरेको हो । उत्तर कोरियाले आफूमाथि लागेका प्रतिबन्धहरु कम्तीमा आंशिक फुकुवा हुनुपर्ने आग्रह अमेरिकासमक्ष राख्दै आएको छ ।

प्रतिबन्धहरु फुकुवा गर्नेतर्फ कुनै कदम नचालिए वार्ताको औचित्य नै नरहने कोरियाली नेता किम जोङ अनले राख्दै आएका छन । उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच पुनः वार्ता शुरु गर्ने सहमति भइसकेको छ, तर वार्ताको मिति अझै तय भइसकेको छैन । उत्तर कोरियाले सीमित आणविक निरस्त्रीकरणको बदलामा कोरियाको सुरक्षाको प्रत्याभूति हुनुपर्ने तथा अमेरिकी अग्रसरतामा लागेका प्रतिबन्ध फुकुवा हुनुपर्ने पूर्वशर्त राख्दै आएको छ ।

उत्तर कोरियाले मंगलबार प्रहार गरेको सीमित क्षमताका दुई वटा क्षेप्यास्त्र करिब ३३० किलोमिटर टाढा कोरियाली समुद्रमा खसेका थिए । यी क्षेप्यास्त्रहरु राजधानी प्योङयाङको बाहिर फ्यानगानबाट प्रहार गरिएका थिए । दक्षिण कोरियाली सेनाले यी हतियार ब्यालिस्टिक क्षेप्यास्त्र वा रकेट आर्टिलरी के हो भन्ने स्पष्ट नभएको जनाएको छ ।

कोरियाली सेनाका प्रवक्ता किम जून–राकले उत्तर कोरियाले प्रहार गरेका हतियारको विस्तृत प्राविधिक क्षमता जाँच्ने कार्य भइरहेको बताए । गत जुलाईदेखि यो आठौं परीक्षण हो । यसअघि प्रहार गरिएका हतियारहरु छोटो दूरीका क्षेप्यास्त्र र रकेट थिए । विज्ञहरुका अनुसार यी हतियारले अमेरिकी सैनिक अखडा सहित दक्षिण कोरियाका कुनै पनि स्थानमा प्रहार गर्नसक्ने क्षमताका छन् ।

सोमबार राति, उत्तर कोरियाली उपविदेशमन्त्री चोई सोन हुईले आगामी सेप्टेम्बरको अन्त्यदेखि अमेरिकासँग पुनः वार्ता हुने बताउनुभएको थियो । उनले उत्तर कोरियालाई स्वीकार्य नयाँ प्रस्ताव ल्याउन पनि अमेरिकासँग आग्रह गरे । उनले यदि अमेरिकाले अघि सार्ने प्रस्ताव उत्तर कोरियालाई स्वीकार्य नभएको अवस्थामा दुबै देशबीचको वार्ता स्वतः अन्त्य हुने स्पष्ट गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको घोषणा निकै चाखलाग्दो रहेको बताउनुभयो । “हेरौं के हुन्छ” ट्रम्पले भने, “यहीबीच, हाम्रा सैनिकका अवशेष फिर्ता आएका छन् र लामो समयदेखि नयाँ आणविक परीक्षण पनि भएका छैनन् ।” ह्वाइट हाउसले नयाँ हतियार परीक्षणका बारेमा जानकारी प्राप्त भएको र यस बारेमा सहयोगी राष्ट्रसँग छलफल भइरहेको जनाएको छ ।

अमेरिका र उत्तर कोरियाका शीर्ष नेताबीच वार्तालाई निरन्तरता दिने सहमतिपछि पनि हालैका दिनहरूमा यसबारे कुनै प्रगति हुन सकेको छैन । तर दक्षिण कोरियासँग अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै विरोधमा उत्तर कोरियाले पनि एकपछि अर्को गर्दै छोटो दूरीका हतियार परीक्षणलाई निरन्तरता दिएको थियो ।

“अमेरिकासँग हामीले अपेक्षा गरेको वार्ता विस्तारै हराउँदै गएको छ र अहिलेसम्म अपनाइएका उपायहरूलाई हामीले पुनः परीक्षण गर्न बाध्य पारिएको छ,” उत्तर कोरियाली उप–विदेशमन्त्री चो सोन हुईले जारी गरेको एक विज्ञप्तिलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । चोको भनाइ यसै हप्ताको शुरूमा अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाली गतिविधिलाई ‘छलकपटपूर्ण व्यवहार’को संज्ञा दिँदै यसलाई वेवास्ता गर्न नसकिने बताएपछि उत्तर कोरियाको यो भनाइ आएको हो ।

नेता चोले भन्नुभयो, “यो किसिमको भाषा असंगतपूर्ण, उत्तेजक र अपमानजनक थियो । अमेरिकाले हाम्रो धैर्यलाई परीक्षण गर्नु गलत छ । यसले पछि पछुताउनुपर्नेछ ।” उत्तर कोरियाको अमेरिकी कूटनीतिज्ञप्रतिको कटु आलोचना एक हप्ता पछि पुनः दोहोरिएको छ । अघिल्लो साता पोम्पेओलाई सङ्केत गर्दै उनको बोली र व्यवहारमा समस्या रहेको भन्दै यसले वार्ताको सम्भावनालाई चुनौती दिएको बताइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज

काठमाडौं : काठमाडौंको रानीपोखरीको मध्य भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनर्निमार्ण कार्य धमाधम भइरहेको छ

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौंको चन्द्रागिरि

पर्सा : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी–५ मा हुने

काठमाडौं : गत असोज ३० गते पक्राउ परी जिल्ला प्रहरी कार्यलय दाङको हिरासतमा रहेका नेत्रवित्रम

काठमाडौं : चारदिने नेपाल भ्रमण सकाएर बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज बंगलादेश फर्किदै छन्

काठमाडौं : दुग्ध विकास संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी १ सय २३ जना कर्मचारीको

काठमाडौं : नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको

काठमाडौं : चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका

काठमाडौं : आउँदो अंग्रेजी वर्षको शुरुवातसँगै नेपालले शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० को

काठमाडौं : निजामती सेवाका कर्मचारीको अवकास हुने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुराउने गरी

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार